ग्यास सिलिन्डर विस्फोटमा ज्यान गुमाएका कार्यपालिका सदस्यको परिवारलाई आर्थिक सहयोग
वीरगंज संजाल
२ पुष २०७६, बुधबार १२:५९
४५२१
बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले सात लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।गत वैशाख १० गते घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादवको निधन भएको थियो । उहाँका दुई छोरा र एक छोरी छन् । दलित परिवारलाई चामल |
सिरहाका एक व्यक्तिले दलित र विपन्न परिवारलाई चामल बाँडेर जन्मदिन मनाएका छन् । लामो समयदेखि खाडी मुलुक दुबईमा रोजगारी गर्दै आएका गोलबजार घर भएका धनपति महतोले आफ्ना नाति अदरितको आठौँ जन्मदिनको अवसर पारेर दलित मुसहर समुदायलाई मङ्गलबार चामल बाँडेका हुन् । महतोले गोलबजार नगरपालिका–१ स्थित मुक्सार गुलरियाका ५० घर मुसहर परिवारलाई चामल बाँडिएको जानकारी दिए ।ratopati