आज:
  • होमपेज / देश

    बुढानिलकण्ठमा पैदलयात्रीलाई ठक्कर दिने कार चालकविरूद्ध अनुसन्धान जारी

  • वीरगंज संजाल
  • २ पुष २०७६, बुधबार १२:२५
  • ५५६५

    मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराउने गोठाटारका २१ वर्षीय पृथ्वी मल्ललाई प्रहरीले सवारी ज्यानमुद्दामा अनुसन्धान अघि बढाएको छ।

    मदिरा सेवन गरी सवारी चलाएको देखिएपछि प्रहरीले मल्लविरूद्ध सवारी ज्यानमुद्दामा अनुसन्धान थालेको हो। शनिबार उनले चलाएको बा१४च ६१२३ नम्बरको कारले बुढानिलकण्ठ स्कुल गेटैमा ठक्कर दिँदा लीला देवकोटाको मृत्यु भएको थियो।

    सोही दिन पक्राउ परेका मल्ललाई आइतबार सवारी ज्यानमुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।

    सवारी ज्यान मुद्दामा पाँच वर्षसम्म सजाय हुन सक्ने कानुनी व्यवस्था छ।‘प्रारम्भिक अनुसन्धानमा मल्लले ‘ड्रिङ्स एन्ड ड्राइभ’ गरेको देखिन्छ।

    अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा त्यही देखियो,’ लम्सालले सेतोपाटीसँग भने, ‘एक त मदिरा सेवन गरेर सवारी चलाउनु कानुनविपरीत हो, मदिरा सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रित छ।’

    शिवपुरी क्षेत्रमा मदिरा सेवन गरेर फर्किँदै गरेका मल्लले चलाएको कारले शनिबार बिहान देवकोटालाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि कार बिजुलीको पोलमा गएर ठोक्किएको थियो।

    ‘अर्को साइडतर्फ हिँडिरहेको मान्छेलाई ठक्कर दिएको देखिन्छ,’ लम्सालले भने।कारको ठक्करपछि गम्भीर घाइते देवकोटालाई आफन्तले न्युरो अस्पताल लिएर गए पनि अस्पताल नपुर्‍याउँदै उनको मृत्यु भएको थियो।

    लम्सालका अनुसार चालक मल्लसहित कारभित्र रहेका अन्य तीन जनाले पनि मदिरा सेवन गरेका थिए। उनीहरू भने छुटेका छन्।मल्लले आफूलाई गल्फको राष्ट्रियस्तरको खेलाडी बताउने गरेका छन्। अमेरिकामा बस्दै आएका उनी एक साताअघि मात्रै काठमाडौं आएका थिए।

    ‘अमेरिकामा बसेर अध्ययन गरेको र आफू गल्फको राष्ट्रिय खेलाडी भएको उनले बताएका छन्,’ लम्सालले भने, ‘हामीले यसको आधिकारिकता पत्ता लगाइसकेका छैनौं।’सवारी ज्यानमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ। shetopati

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑