भरतपुर । चितवनमा मोटरसाइकललाई डिआइ गाडीले ठक्कर दिँदा एकको ज्यान गएको छ । चितवनको ईच्छाकामना गाउँपालिका–७ भालुटारमा रोकेर राखिएको मोटरसाइकललाई ना १ च ९४१२ नम्बरको डिआइ गाडीले ठक्कर दिँदा रत्ननगर नगरपालिका १० का ३५ बर्षीय सुरज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गम्भीर घाइते भएका डिआइ गाडीमा सवार सुरज पौडेललाई उपचारका लागि पुरानो मेडिकल कलेज पर्याइएको थियो ।तर उनालाइ अस्पताल भर्ना गरिएको केहि समयमै अस्पतालले मृत घोषणा गरेको थियो । माेटरसाइकललाइ ठक्कर दिने उक्त सवारी साधनलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।news24