काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब हुँदै
वीरगंज संजाल
१ पुष २०७६, मंगलवार २३:०२
३९३७
मलेसिया | रोजगारीको सिलसिलामा मलेसियालाई कर्मथलो बनाउदै आएका काभ्रेलीबासीहरुलाई एक ढिक्का बनाउदै आएको काभ्रे कल्याणकारी समाज मलेसियाको आफ्नो प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब साथमा संस्कृतिक कार्यक्रम यहि आउदो २६ जनवरी २०२० आइतबार मलेसियाको क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा नेपाली दुतवास मलेसियाका राजदुत महामहिम उदयराज पाण्डे ज्युको प्रमुख अतिथिमा अधिवेशन गर्न लागेको संस्थाका अध्यक्ष उर्गेन थोकारले जानकारी दिनु भयो ।
“सम्पुर्ण काभ्रेली एक होअौ” भन्ने मुला नाराका साथ काभ्रेलीहरुको छाता संगठन काभ्रे कल्याणकारी समाज मलेसियाले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था काभ्रे कल्याणकारी समाज मलेसियाले क्रियाशील संघ संस्थाहरूसँग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा गैर जिल्लाका मलेसियामा अलपत्र परेका श्रमिकहरूलाई विभिन्न अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ |
उक्त संस्थाले मलेसियामा रहेका नेपालीहरुलाई मात्र नभएर काभ्रे जिल्लामा गरिबीको कारण उपचार गर्न नसकेका विभिन्न प्राण घातक रोगीहरूलाई तथा आपतकालीन पिडितहरूलाई समेत अर्थिक सहयोग गर्दै आइरहेको संस्था काभ्रे कल्याणकारी समाज मलेसिया ०१ जनवरी २०१८ मा उर्गेन थोकारको संयोजकत्वमा स्थापना भएको हो ।
उक्त कार्यक्रममा मलेसियामा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने यस कार्यक्रममा मलेसियामा रहनु हुने काभ्रे बासीहरू लगायत मलेसियामा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन आयोजकले अनुरोध गरेको छ ।