वीरगञ्ज । प्रहरीले पर्साबाट बालुवा लोड भएका दुई वटा ट्याक्टरसहित दुई जना चालकलाई पक्राउ गरेको छ । अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ट्याक्टरसहित चालकलाई पनि नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका-३२ बस्ने २८ वर्षीय मुन्ना साह सोनार र २५ वर्षीय हाकिम देवान पक्राउ परेका हुन् । ना.६ त ७९०४ र ना.५ त ६५४३ नम्बरको ट्याक्टरमा बालुवा ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए ।
पर्सागढी नगरपालिका वडा-४ भेडाहा खोलाबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।