• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    क्षतिपूर्ती बापत वृक्षरोपणका लागि जग्गा खोज्दै सेना

  • वीरगंज संजाल
  • ३० मंसिर २०७६, सोमबार १२:३९
  • २४२९

    सिमरा | निजगढ-काठमाण्डौ दु्रतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्ती बापतको वृक्षरोपणका लागि जमिन अभाव भएपछी यतिबेला नेपाली सेनाले खाली जमिन खोजी गरिरहेको छ ।

    दु्रमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७ सय र पछिल्लो समय निर्माणका लागि १७ हजार ९ सय ४९ वटा रुख काटेको सेनाले सुरुङ्ग र पुल निर्माणका लागि पुनः करिव दुई हजार रुख काटिने अनुमान गरेको छ ।

    सरकारसँगको सम्झौताअनुसार दु्रतमार्ग निर्माणका क्रममा क्षती हुने प्रतीरुख २५ वटाका दरले १९ हजार नौ सय ४९ वटा रुख बापत सेनाले करिब पाँच लाख वृक्षरोपण गर्नुपर्नेछ । जसका लागि सेनालाई तिन सय १५ हेक्टर खालि जमिन आवश्यक पर्छ ।

    ललितपुर, मकवानपुर र बाराको बन क्षेत्रबाट काटिएका र काटिने क्रममा रहेका ति रुख बापतको वृक्षरोपण सम्बन्धित जिल्लामै गरिनुपर्ने सम्झौतामा उल्लेख छ । तर ललितपुर र मकवानपुरमा वृक्षरोपणका लागि खालि जमिन उपलब्ध नभएपछी बारामै पाँच लाख बिरुवा रोप्ने तयारी सेनाले गरेको छ ।

    उपलब्ध जग्गामा वृक्षरोपण
    आवश्यक तिन सय १५ हेक्टर मध्ये आयोजनाले हालसम्म ५.६१ हेक्टर क्षेत्रफलमा बिभिन्न प्रजातीका पाँच हजार बिरुवा रोपिसकेको छ । उक्त जमिन डिभिजन बन कार्यालय बाराले आयोजनालाई उपलब्ध गराएको थियो । ‘डिभिजन बन बाराले हामिलाई ९१ हेक्टर खालि जमिन हस्तान्तरण गरिसकेको छ ।

    ’ द्रूतमार्ग सडक आयोजना, वृक्षारोपण कार्यदल निजगढका प्रमुख सेनानी सुशिल कुमार कार्कीले बारा खबरसँग भने, ‘जसमध्ये साढे पाँच हेक्टर क्षेत्रफलमा वृक्षरोपण सम्पन्न गरि रेखदेख गरिरहेका छौँ ।’

    डिभिजन बनमार्फत प्राप्त थप ७० हेक्टर क्षेत्रफलमा यही पौष महिनाभित्रै एक लाख १० हजार बिरुवा रोप्ने तयारी भैरहेको कार्कीले बताए । त्यसका लागि आयोजनाको निजगढस्थित नर्सरीमा टिक, खयर, सिमल, सिसौ, अमला, निम, बेललगायत प्रजातीका बिरुवा तयार भैसकेका छन् ।

    मकवानपुरको राज दमार र बाराको निजगढ गरी दुई स्थानमा सेनाले प्रमुख सेनानीको मातहतमा वन विशेषज्ञ सहितको छुट्टै यूनिट खडा गरी वृक्षारोपणका लागि आवश्यक विरुवा उत्पादन गरेको छ ।

    समन्वयका लागि स्थानीय सरकार इच्छुक
    वृक्षरोपणका लागि डिभिजन बनसँग समन्वय गरेर अगाडी बढिरहेको आयोजनाले आफुहरुलाई बेवास्ता गरेको गुनासो स्थानिय सरकारले गरेको छ ।

    आयोजनाले गरेको सरोकारवालाहरुबिचको छलफलमा भाग लिँदै निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले वृक्षरोपणका लागि आफुहरु उत्सुक भएको तर सेनाले बेवास्ता गरेर अघी बढीरहेको भन्दै चिन्ता ब्यक्त गरे ।

    ‘यो कार्यक्रम सुरु भएको लामो समय बितिसक्दा समेत सेनाले सम्बन्धित स्नानिय तहसँग समन्वय आवश्यक नठान्नु दुःखद् हो ।’ खनालले भने ।

    निजगढभित्र भएका नदी कटान क्षेत्र, सामुदायिक बन, ऐलानी, पर्ती जमिन गरि आयोजनालाई आवश्यक पर्ने सबै जमिन उपलब्ध गराउन आफुहरु तयार रहेको उनले बताए । ‘वातावरण संरक्षणको पाटोमा सहकार्य गरेर जान हामी इच्छुक छौँ ।’ छलफलमा उनले भने ।  barakhabar

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑