काठमाडौं । काठमाडौंको कीर्तिपुरमा न्यानो बनाउन मकल बालेर सुतेका दुई महिनाका छोरासहित आमाको मृत्यु भएको छ । उनीहरु दुवै सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीकी शर्मिला रञ्जितकार र दुई महिने छोराको अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एसएसपी सुवेदीले भने, ‘‘साँघुरो कोठामा कोइला बालेर सुतेका रहेछन्, श्रीमानले छोरालाई चिसो लागेको भन्दै हेर्न खोज्दा श्रीमतीको पनि ज्यान गएको जानकारी पाए । चिकित्सकको टोली घटनास्थलमा छ । तर प्रारम्भीक रुपमा हेर्दा मकलले निस्सासीएर ज्यान गएको देखिन्छ ।’’ आमा छोरा खाटमा र श्रीमान भुईंमा सुतेका थिए । baahkhari