पर्साकाे तश्करी : एक करोड बांडियो, एसपी —सिडिओको नाममा पनि दलालहरुले रकम उठाए
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार १५:११
४६८५
बीरगंज | हामिले तश्करी नियन्त्रण गर्ने सबै निकायलाई एकमुष्ठ रुपमा रकम बुझायौं आज जतिसुकै काम गरेपनि कसैले पक्राउ गर्देन भन्ने प्रतिक्रिया सीमावर्ती इलाकामा तश्करीको लाइन मिलाउने जिम्मा लिएका बाबुसाहेबले आज बिहानमात्र वीरगञ्ज भन्सारमा खटिएका शसस्त्रका प्रहरीलाई बताइरहेको कुरा सुन्दा यो पंतिकार नै आश्चर्य चकित भएको थियो ।यस्तै कथन थियो रक्सौलका कारोबारी मुख्तारको पनि थियो ।
अझै उनलाई त जो सुकै पत्रकारले फोन गरेपनि तपाइ्हरु समाचार नलेख्नुस मैले रकम बुझाइसकेको छु पत्रकारको नाममा पनि ५ लाख दिएको छु त्यो पनि भन्सारमै सशस्त्र प्रहरी हुं भन्नेले बुझे भनेर चोक चौरहासमा भन्दै हि“ड्नुलाई हावा नचलि पात पनि हल्लिंदैन भन्ने कुराको पुष्ठी समेत गरिदिएको छ ।६ जनाको तस्कर समुहले ५ दिनको भित्रमा प्रहरी—प्रशासन र अन्य सरोकारवालाहरुले एक करोड रुपैया“ उठाएर बा“डेको कुरा तस्कर वृतमा अहिले निकै चर्चाको बिषय बनेको छ ।
अझ पर्साका प्रजिअ, गृहमन्त्री समेतलाई भाग चाहिन्छ भन्दै प्रहरीका घुमुवाहरुले एकमुष्ठ रुपमा सशस्त्र र जनपदका जिल्ला प्रहरी प्रमुखको नाममा दुवै प्रहरी प्रमुखको नाममा एक होटलमा एकमुष्ठ रकम बुझेको र प्रशासन प्रमुखलाई बदनाम गर्ने प्रपञ्च समेत प्रहरीका घुमुवाहरुले रचेको बताइन्छ ।यसका अतिरिक्त सिमावर्ती इलाकामा इतिहांसमा कहिल्यै नभएको जसरी तस्करीको लाइन शुरु भएको र त्यस बापतको रकम सरोकारवालाहरु सबैले भागशान्ति जय नेपाल गरेको समाचार प्राप्त हुन आएको छ ।
राती देखि नै छपकैया, इनर्वा, भकुवा, भंसारको मुल गेट, नगवा, बाराको पिपरपाती, पर्साको झौवा, अमरपट्टी, लगायतको स्थानबाट साना देखि पोके तश्करीसम्मले निकै चर्चा समेत पाएको छ ।अझ हालैमात्र बीरगंज भंसारका प्रमुखले गृह सचिब समक्ष गएर प्रहरीले तश्करी नियन्त्रणको नाममा रकम उठाउन थाल्यो भनेर रिपोर्टिंग समेत गरेपछि प्रहरीले संस्थागत रुपमा नै तश्करीको सम्राज्य खडा गरेको समाचार प्राप्त हुन आएको छ ।
यस बारेमा बीरगंज भंसारका प्रमुखसंग सम्पर्क राख्दा सशस्त्र र जनपद प्रहरी इमान्दार भैदिएको भए सबै प्रकारको तश्करी नियन्त्रण हुन्थ्यो भनेर गुनासो राखेको प्रतिक्रिया दिए । यसबारेमा वीरगञ्ज भन्सारमा खटिएका राजस्व गस्तीका प्रमुख अमर खत्रीस“ग फोन गर्दा सम्पर्क हुन सकेन ।