आजै राती ८ बजेदेखि मतगणना सुरुहुन्छः प्रमुख आयुक्त थपलिया
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार ०९:१९
४७९७
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज भएको उपनिर्वाचनको मतगणना राती ८ बजेदेखि सुरु गरिने बताउनुभएको छ । उहाँले मतादाता सुरक्षाको लागि सवै मतदान केन्द्रदेखि आसपासका ठाँउमा उचित सुरक्षा व्यावस्था मिलाइएको भन्दै ढुक्क भएर आफ्नो मत खसाल्न पनि आग्रह गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन हुने सवै क्षेत्रमा आयोगका आयुक्तसहित विभिन्न संघ सस्थाहरुले पनि अवलोकन र निरीक्षण गरिरहेको भन्दै आफुपनि मतदान निरीक्षण र अनुगमनका लागि भक्तपुर पुगेको बताउनुभयो ।
उहाँले नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु पर्याप्त मात्रामा मतदान स्थल र आसपासका क्षेत्रमा खटिएकाले मतदान गर्दा वा मतदान गर्न जाने क्रममा कुनै असुरक्षाको आसंका गर्नु नपर्ने दावी गर्नुभयो ।
प्रमुख आयुक्त थपलियाले भन्नुभयो,“धेरै ठाउमा विहान ७.१५ बजेदेखि नै मतदान सुरु भएको खबर आएछ । साँझ ५ बजे सम्म निर्वाचनको मतदान सकिन्छ । सवै सुरक्षा बन्दोबस्त र कर्मचारी खटिएका छन । कुनै किसिमको डर नमानी मतदान गर्नु”।
उहाँले मौन अवधिका समयमा केहि ठाँउमा निर्वाचन आचारसंहित उल्लघन भएको र आचारसंहिता उल्लंघन गर्ने माथि कारवाही भइरहेको बताउर्दै मतदाताको उत्साहले यस्ता विषयहरु ओझेलमा परेको दावी गर्नुभयो ।
उहाँले साँझ ५ बजेपछि सवै क्षेत्रको मत पेटिकहरु संकलन गरिने र आज राती ८ बजेदेखिनै मतगणना सुरु गरिने बताउनुभयो । थपलियाले भोली विहान ८ बजे सम्ममा ५० प्रतिशत मतगणा सकिने र साँझ सम्ममा धेरै ठाँउको मतपरिणाम सार्वजनिक हुने जानकारी दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले कास्की २ मा भोटिङ मेसिन प्रयोग गर्न चाहेको भएपनि आयोगसंग मेसिन नभएको र भोटिङ मेसिनका विषयमा मतदातालाई शिक्षा दिने समय पनि कम भएकाले यसको प्रयोगमा ध्यान नदिइएको बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा महत्वपूर्ण ठाँउहरुमा भोटिङ मेसिनको प्रयोग गर्न प्रयास गरिने भन्दै निर्वाचन प्रणालीमा व्यापक परिवर्तन ल्याई पैसा खर्च गर्न नसक्ने राम्रो उमेद्वारले निर्वाचनमा हारखानु नपर्ने वातावरण मिलाउन आयोगले राजनिीतिक दलहरसंग छलफल चलाउने बताउनुभयो ।