तराईमा शीतलहरको संभावना, पूर्वतयारी गर्न मौसमविद्को सुझाव
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार ०९:१५
४९१५
विरगंज | देशभरिकै तापक्रम क्रमिक रुपमा घटिरहेको छ । जसका कारण तराईमा शीतलहर सुरु हुनसक्ने भएकाले सावधानीको लागि पूर्व तयारी गर्न मौसमविद्ले आग्रह गरेका छन् ।
मौसमविद् शान्ति कँडेलले बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने तथा भएकाले चिसोबाट बच्नको लागि आग्रह गर्नुभएको छ । उहाँका अनुसार सामान्यतया मंसिर १५ पछि बिहान हुस्सु र कुहिरो लाग्ने क्रम बढ्ने भएकाले तापक्रम घटाएर चिसो बढाउँछ । यस्तै तराईमा लगातार घाम नलाग्दा शीतलहर पनि सुरु हुन्छ ।
शनिबार, आइतबार र सोमबार देशको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ । काठमाण्डौको आज बिहानको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।