सार्वजनिक शौचालय सरसफाइ नगरिंदा रतनपुरी हाटबजारमा दुर्गन्ध
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार ०६:४२
५५६५
प्रस | निजगढ नगरपालिका–११ रतनपुरी हाटबजारस्थित सार्वजनिक शौचालय सरसफाइ नगरिंदा दुर्गन्ध बढेको छ । निजगढ नगरपालिकाले गत आर्थिक वर्षमा ४ लाख ५२ हजार रुपैयाँमा सो हाटबजार ठेक्कामा लगाएको हो । ठेक्का लगाए पनि शौचालय सरसफाइमा ठेकेदारले चासो देखाएको छैन । हाटबजारका व्यापारी र उपभोक्ताहरूको सहजताको लागि बनाएको शौचालय सर सफाइ नहुँदा बजार क्षेत्रमा शौचालयको दुर्गन्ध पैलिएको छ ।
हाटबजारको उत्तरपूर्वतर्पm महिला र पुरुषका लागि दुई/दुई कोठाको ४ कोठे सार्वजनिक शौचालय छ । मूत्र विसर्जनका लागि पनि छुट्टै स्थान छ । तर सरसफाइ छैन । सरसफाइ नभएकोले सही ठाउँमा पुग्न नसकेपछि शौचालयवरिपरि जथाभावी यत्रतत्र मलमूत्र विसर्जन गरिएको पाइन्छ ।
हाटबजारको दिन त शौचालयको दुर्गन्धले नाकमुख थुनेर हिंड्नुपर्ने अवस्था छ । शौचालय प्रयोग गर्न चाहनेहरूले त नाकमा बाक्लै कपडा बाँधेर पनि भित्र जान गा¥हो हुने बताउँछन् । दुर्गन्धित शौचालयमा पुग्न गा¥हो मान्नेहरूले आसपासकै वनजङ्गल क्षेत्रमा मलमूत्र विसर्जन गर्ने गरेका छन् । खुला दिसापिसाबले झन् समस्या थप्ने हाटबजार क्षेत्रका बासिन्दाहरूलाई चिन्ता छ ।
सार्वजनिक शौचालय सरसफाइ राख्न वडा कार्यालय र हाटबजार व्यवस्थापन समितिलाई भन्दै आए पनि बेवास्ता गरेको स्थानीय अगुवा जगजीवन कुमरले गुनासो गरे । “बोल्दा छुच्चो भइन्छ । नभन्दा दुर्गन्ध पैmलिएर बसिसक्नुहुन्न । हावा चल्दा बस्तीमा पूरै दुर्गन्ध पैलिन्छ । महामारी पैmलिएला भन्ने चिन्ता छ,” उनले भने ।
आपूले हाटबजारको सार्वजनिक शौचालय सरसफाइमा विशेष ध्यान दिन निजगढ नगरपालिकालाई पटकपटक भन्दै आए पनि कुनै सुनुवाइ नगरेको निनपा–११ का वडाध्यक्ष प्रेमबहादुर रूम्बाले बताए ।“नगर सरसफाइका लागि १२/१३ जना कामदार छन् । उनीहरूलाई नगरपालिकाले तलब सुविधा दिएको छ । तर यहाँ उनीहरू आक्कलझुक्कल मात्र देखिने गरेका छन् । भन्दाभन्दै थाकिसकें । यहाँका व्यापारी, स्थानीय शौचालय सरसफाइ भएन भन्दै गुनासो पोख्न वडा कार्यालय आउँछन् । आपूmले नगरपालिकामा कुरा राख्यो सुनुवाइ नै हँुदैन,” वडाध्यक्ष रूम्बाले निरीहता जाहेर गरे ।