• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगंजका व्यापारी भन्छन्, ‘दुई सातामा प्याजको भाउ ८० रुपैयाँमा झर्छ’

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०६:२२
  • ६०७१

    वीरगंज : प्याजको भाउ दुई सातापछि प्रतिकिलो ८० रुपैयाँको हाराहारीमा आउने वीरगंजका तरकारी तथा फलफूल व्यवसायीहरुले बताएका छन्।

    तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताका अनुसार अहिले वीरगंजमा १६५ देखि १८० रुपैयाँ सम्म बिक्री भइरहेको प्याज १५ दिनपछि करिब आधा घट्ने बताएका हुन्। भारतको नासिक र मध्यप्रदेशलगायत अन्य राज्यमा यस वर्ष लगाइएको प्याज बजारमा आउन थालेपछि हरेक दिन कम्तिमा ५ रुपैयाँको दरले प्याजको भाउ घट्दै जाने उनले अनुमान गरेका छन्।

    गएको वर्षात महिनामा भारतको मध्यप्रदेश र नासिकमा बाढी आउँदा किसानले भण्डारण गरेको प्याज ठूलो परिमाणमा कुहिएर नष्ट भएको थियो। जसले गर्दा भारतमा माग बमोजिम प्याज नपाएपछि भारत सरकारले विदेशमा निर्यात गरिने प्याजमा प्रतिबन्ध लगायो। सोही कारण अहिले नेपालमा प्याजको भाउ उच्च भएको व्यावसायी बताउँछन्।

    पर्सा, बारामा आलु केही मात्रामा उत्पादन हुने तर प्याज न्यून मात्र उत्पादन हुने भएकोले वीरगंजमा प्याजको माग उच्च छ। साथै भारतबाट भित्रिने प्याज र आलुको भरमा वीरगंज, कलैया, जीतपुर, सिमरा, निजगढ, रौतहट, लालबन्दी, हेटौंडा, भरतपुर, काठमाडौं, पोखरालगायतका शहरहरु पनि निर्भर छन्। यी शहरहरुमा प्याजको भाउ २५० रुपैयाँ भन्दामाथि पुगेको उनले बताए।

    भारतबाट प्याज ल्याउन अहिले क्यारिङबाट वीरगंज भन्सारमा जम्मा गरी भन्सार कटाएर ल्याइँदैछ। त्यसकारण प्याजको भाउ थोकमा १६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

    अध्यक्ष गुप्ताले भने, ‘सोही दाममा वीरगंजबाट अन्य शहरमा प्याज लगेर ढुवानी र ज्याला खर्च जोड्दा प्याजको भाउ महँगो भएको हो। प्याजको भाउ बढेपछि कतिपय सर्वसाधारणहरुले प्याजको हरियो पात (सन्डा) प्रयोग गर्दैछन् भने होटलमा पाइने खानेकुरा तथा परिकारहरुमा प्याजको मात्रा पातलिएको छ।’

    मागको तुलनामा हरियो तरकारीको खपत अत्यधिक हुने भएकोले तरकारीको मूल्य आकाशिएको व्यवसायी बताउँछन्। अध्यक्ष गुप्ताका अनुसार अहिले वीरगंज बजारमा काउली थोकमा ५५ तथा खुद्रामा ७० रुपैयाँ, भेन्टा थोकमा ३० तथा खुद्रामा ४० रुपैयाँ, हरियो केराउ थोकमा एक सय तथा खुद्रामा १२० रुपैयाँ, परवल थोकमा ६० तथा खुद्रामा ७० रुपैयाँ, गोलभेंडा थोकमा ६० तथा खुद्रामा ८० रुपैयाँको दरमा बिक्री भइरहेको छ। वीरगंज नाका भएर अहिले करिब तीन गाडी प्याज अर्थात ३० टन र ५ गाडी अर्थात ५० टन आलु भारतबाट आइरहेको छ।

    व्यवसायीले सर्वसाधारण तथा किसानले आफ्नो करेसाबारी तथा खेतमा तरकारी उत्पादन थाले बजारमा हरियो तरकारीको माग कम भएर मूल्य स्वतः घटेर जाने भएकोले त्यस तर्फ सोच्न उनले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑