प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ |
वीरगंज संजाल
१२ मंसिर २०७६, बिहीबार १२:०५
३१११
काठमाडौँ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको बताएका छन् ।
केही बेर अघि आफ्नो ट्विटर ह्याण्डल मार्फत उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै चासो राख्ने सबैमा धन्यवाद समेत भनेका छन् ।