• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अध्ययन् भन्छ – ८० प्रतिशत बालबालिकाले आवश्यक शारीरिक व्यायम गर्दैनन्

  • वीरगंज संजाल
  • १२ मंसिर २०७६, बिहीबार १०:०२
  • ४४२५

    बीबीसी । संसारभरका ८० प्रतिशत ११ देखि १७ वर्षका बालबालिका र युवाहरूले आवश्यक शरीरिक गतिविधि नगर्ने गरेको एउटा अध्ययनले देखाएको छ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यसका कारण बालबालिका र युवाको स्वास्थ्य खराब हुनुका साथै मस्तिष्क विकास र सामाजिक सीपमा समेत असर गरिरहेको बताएको छ।

    अध्ययनले धनी र गरीब सबैखाले देशमा बालबालिका र युवाहरूले प्रतिदिन एक घण्टा पनि शारीरिक व्यायाम नगर्ने गरेको बताएको छ।

    अध्ययन गरिएका १४६ देशहरूमध्ये चारबाहेक अन्य देशमा बालकहरूभन्दा बलिकाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ।
    कुन गतिविधि व्यायाम होरु

    मुटुको धड्कन बढ्ने र फोक्सोले तेज स्वास फेर्ने सबै गतिविधि व्यायाममा गनिन्छ।

    व्यायाम हुनसक्ने केही गतिविधिहरू 

    • दौड्नु

    • साइकल चलाउनु

    • पौडी खेल्नु

    • फुटबल खेल्नु

    • उफ्रिनु

    • डोरी खेल्नु

    • जिम्न्यास्टिक

      बालबालिका र युवाहरूको लागि लक्ष्य कम्तिमा दैनिक एक घण्टा व्यायाम हो।

    ‘यो कुनै असम्भव लक्ष्य हो जस्तो मलाई लाग्दैन,’ डब्ल्यूएचओका डा. फियोना बुलले भनिन्।

    ‘राम्रो स्वास्थ्य र विकासका लागि यो तथ्यमा आधारित लक्ष्य हो।’

    व्यायाम सामान्यदेखि गार्‍हो तहसम्म गर्नुपर्ने बताइन्छ। गार्‍हो व्यायाम भन्नाले गरिसकेपछि केही क्षण कुराकानी गर्न नसक्ने गरी श्वास फेर्नुपर्ने अवस्थामा पुग्नु हो।

    व्यायाम किन महत्वपूर्ण ?

    व्यायाम महत्वपूर्ण हुनुको खास कारण तत्काल र भविष्यको स्वास्थ्यका कारणले हो।

    अल्पकालीनरूपमा सक्रिय हुनुको अर्थ:

    •  स्वस्थ मुटु र फोक्सो हुनु हो।

    • बलियो हड्डी र मांशपेशी हुनु हो।

    • राम्रो मानसिक स्वास्थ्य हुनु हो।

    • र कम तौल हुनु हो।

      ‘सक्रिय बालबालिका र युवाहरू पछि गएर सक्रिय रहन्छन्,’ डब्ल्यूएचओका डा. रेजिना गुट्होल्ड भन्छन्।

    जीवनभर सक्रिय हुनेहरूमा धेरै रोगको खतरा कम हुन्छ।

    तर अध्ययनकर्ताहरूले सक्रिय हुँदा मस्तिष्कको विकास हुने तथ्यहरू सङ्कलन गर्न थालेका छन्।

    के बालबालिका अल्छी भएका हुन् ?
    के यो अध्ययनले मौका पाउने बित्तिकै सोफामा ढल्कने हामी सबैको बानी प्रतिबिम्बित गर्छ ? ‘बालबालिकाहरू अल्छी हुँदैनन्,’ डा. बुल भन्छिन्।

    किन बालबालिका र युवाहरू व्यायाम गर्दैनन् भन्ने प्रश्नको एउटा उत्तर छैन। तर केही सम्भावनाहरू छन्।

    तीमध्ये एउटा शारीरिक स्वास्थ्यभन्दा शिक्षामा दिइएको प्राथमिकता हो।

    ‘यो उमेर समूहका मानिसहरूलाई परीक्षामा राम्रो गर्न मेहनत गर्न प्रोत्साहन गरिन्छ,’ एक अध्ययककर्ता लिन रिले भन्छन्।

    ‘उनीहरू लामो समय विद्यालयमा बिताउँछन् र घरमा पनि गृहकार्यमा समय दिन्छन् त्यसैले सक्रिय हुने मौका पाउँदैनन्।’

    अध्ययनकर्ताहरूले सुरक्षित, सहज र सस्तो खेलकुद वा व्यायामका सुविधाहरू उपलब्ध नहुनुलाई पनि यसको कारक देखाएका छन्।

    असुरक्षित सडक भएका कारण साइकल चलाउने वा विद्यालय जाँदा हिँडेर जाने अवस्था छैन।’

    साथासाथै ‘डिजिटल खेलु बढ्दै गएको छ। फोन, ट्वाबलेट र कम्प्युटरमा खेल्ने र रमाइलो गर्ने धेरै कुरा उपलब्ध हुँदा उनीहरू घर बाहिर निस्कँदैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑