• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?

  • वीरगंज संजाल
  • ११ मंसिर २०७६, बुधबार २२:०९
  • ६७१७

    काठमाडौं  | भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउन्डबाट २ राउन्ड गोली लोड भएको मेड इन युएसए लेखिएको एक थान पेस्तोल शनिबार साँझ फेला पर्‍यो।

    कलेजका एक सुरक्षा गार्डले पेस्तोल फेला परेको जानकारी प्रहरीलाई गराएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको पेस्तोल र गोली बरामद गरेको थियो।कपडाको निलो झोलामा ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, सोहीको म्यागजिन एक थान, गोली दुई थान, थ्री नट थ्रीको फायर भएको खोका एक थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थान र विद्युतीय तार बरामद भएको थियो।

    पेस्तोल र गोली सहितका यी सामाग्री बरामद भएपछि चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले संयुक्त रुपमा एउटा अर्थपूर्ण विज्ञप्ति निकाले।जहाँ उल्लेख गरिएको छ, ‘चितवन मेडिकल कलेज परिसरभित्र प्रहरी प्रशासन छिरेर गरिएको अनुसन्धान नामक भ्रामक षड्यन्त्र गरी कलेज प्रशासन स्वयंले हतियार ल्याएको हो ।’विज्ञप्तिमै कलेज प्रशासनले हतियार ल्याएको सबै विद्यार्थीले देखेको विषय समेत समेटिएको छ।

    विद्यार्थीले कलेज प्रशासनमाथि लगाएको यो गम्भीर आरोपलाई प्रहरीको अहिलेसम्मको अनुसन्धानले समेत प्रश्न तेस्र्याउने खालका विषय उठान गरेको छ।कलेज परिसरभित्र पेस्तोल फेला परेपछि नेपाल लाइभले चितवनका एसपी दानबहादुर मल्ललाई सम्पर्क गरेको थियो। त्यस क्रममा उनले भनेका थिए, ‘पेस्तोल फेला पर्‍यो भन्ने सूचना आएको छ। मान्छे कोही पक्राउ परेको छैन। प्रहरीले मुचुल्का उठाउँदै छ।’

    तर यो बीचमा अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका ६ जना नै कलेजको सुरक्षागार्ड भएको प्रहरीले जानकारी दिएको छ। ‘कलेजको सुरक्षाको जिम्मा लिएर बसेका उनीहरुलाई यस घटनाबारे थाहा हुनसक्छ भनेर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हौं,’ एसपी मल्लले भने।

    तर प्रहरीको अहिलेसम्मको अनुसन्धानले घटना भने झनै रहस्यमय बन्दै गएको संकेतहरु देखा पर्न थालेको छ।सिसीटिभी नै गायब कलेज परिसरभित्र पेस्तोल र गोली फेला परेपछि प्रहरीले त्यस वरपरका सिसी टिभी फुटेजहरु समेत निकालेर अनुसन्धान सुरु गरेको छ। घटनालाई निकै गम्भीर रुपमा अनुसन्धान गरेको दाबी गरेका चितवनका एसपी मल्लले अनुसन्धानका विभिन्न पाटाहरु केलाउन थालेको बताएका छन्।

    तर आश्चर्यको कुरा कलेज आवतजावत गर्दा देखिने वरपरका सिसी टिभी नै गायब नै भएको उनले बताए। ‘हामीले कलेज वरपरका सिसी टिभी फुटेजमार्फत पनि अनुसन्धान गर्ने भन्दै सिसी टिभी फुटेज हेर्न लागेका थियौं। तर पहिला नै सिसी टिभीले काम नगर्ने बनाएको पाइयो,’ एसपी मल्लले भने।

    सिसी टिभीले काम नगर्ने बनाएर राख्नु र पेस्तोल भेटिनु संयोगमात्रै नभएकोतर्फ प्रहरीले संकेत गरेको छ।कलेज प्रशासनले राखेको सिसी टिभीले समेत काम नगर्ने बनाएपछि प्रहरीले व्यवस्थापनतर्फ पनि अनुसन्धान गर्ने संकेत गरेको छ।यद्यपि यसबारे चितवनका प्रहरी प्रमुख एसपी मल्ल भन्छन्, ‘पेस्तोल ल्याएर राख्ने योजनासहित नै सिसी टिभी हटाइएको छ। कलेज व्यवस्थापनले हटायो या अरुले हटाए, त्यसको छानबिन हुन्छ।’

    पेस्तोलको फरेन्सिक जाँच गरिने कलेज परिसरबाट बरामद भएको पेस्तोल, त्यसको गोली लगायतका विषयमा पनि फरेन्सिक जाँच गर्ने प्रहरीले तयारी गरेको छ। फरेन्सिक जाँचमा घटनास्थलमा बरामद भएका पेस्तोल, गोली, मोबाइल लगायत ‘डिजिटल डिभाइस’ को डिजिटल डाटा संकलन गरेर विश्लेषण गर्ने गरिन्छ।बरामद पेस्तोलबाट गोली पड्किएको छ/छैन। यसको प्रयोजन भए/नभएको, यसमा उपलब्ध भएसम्म फिंगर प्रिन्टको समेत जाँच गरिने प्रहरीले जनाएको छ।

    यी तत्थहरुको विश्लेषण गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले रिपोर्ट दिने गर्छ। प्रहरीले २०७२ सालदेखि अनुसन्धानमा यो विधिको प्रयोग गर्दै आएको छ।बरामद सबुतको परीक्षण गरिसकेपछि विशेषज्ञको रायसहित सम्बन्धित प्रहरी कार्यालयलाई रिपोर्ट पठाउने चलन छ। फरेन्सिक जाँचको रिपोर्ट आउन भने झन्डै महिना दिनसम्म कुर्नुपर्ने हुन्छ।प्रहरीले कलेज परिसरमा भेटिएको पेस्तोल, गोली, तार, म्याग्जिन लगायतका सबुतहरु फरेन्सिक जाँचमा पठाउने तयारी गरेको जनाएको छ।

    तीन महिनादेखिको आन्दोलन तुहाउन ‘कार्ड’ बन्यो पेस्तोल करिब तीन महिना अघिदेखि मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित थिए। मेडिकल कलेजले ४२ लाख ४५ हजार रुपैयाँ लिनुपर्नेमा अतिरिक्त शुल्कको नाममा थप ६ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै विभिन्न चरणमा विद्यार्थीले आन्दोलन गर्दै आएका थिए। सोही क्रममा चितवन मेडिकल कलेजका विद्यार्थी समेत कलेज प्रशासन विरुद्ध आन्दोलन गर्दै काठमाडौंसम्म आएका थिए।

    उनीहरु यही मुद्दालाई लिएर त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयसम्म पुगेका थिए।विद्यार्थीको आन्दोलनले उग्र रुप लिएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा गत असोज ४ गते सर्वपक्षीय बैठक भएको थियो। जसमा कलेजले कात्तिक १८ गतेभित्र रकम फिर्ता तथा समायोजन गर्नुपर्ने सहमति भएको थियो।उक्त सहमति नभएपछि पुनः आन्दोलनमा उत्रिएका विद्यार्थीको आन्दोलन तुहाउन प्रशासनले ‘कार्ड’ को रुपमा पेस्तोलको प्रयोग गरेको विद्यार्थीको आरोप छ।

    विद्यार्थीको उक्त आरोप चितवन मेडिकल कलेजका अध्यक्ष हरिशचन्द्र न्यौपाने भने स्वीकार्न तयार छैनन्। कलेज प्रशासनबाट पेस्तोल राखेर फसाउने काम सोच्न पनि नमिल्ने उनको बताए।प्रहरी-प्रकाश सवाल-जवाफ
    चितवन मेडिकल कलेजको आन्दोलनको नेतृत्व गरेका प्रकाश चन्दले षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको बताएका छन्। उनका अनुसार आज आइतबार हुने आन्दोलनको तयारी विद्यार्थीहरुले गरिरहेका थिए।उनी भन्छन्, ‘आजको आन्दोलनको तयारीको लागि होस्टेलबाट अरु साथीले बोलाएपछि म त्यतै गएँ। अरु बेला जस्तै होस्टल सामान्य नै थियो। म होस्टल नजिकैको बिडिएस हलमा गएँ। त्यहाँ ब्यानर र पम्प्लेट बनाइरहेका साथीसँग भेट गरे। र, एकछिन छलफल गरेँ।’

    त्यसपछि भने घटनाले नाटकीय रुपमा नयाँ मोड लिएको देखिन्छ। ‘त्यसपछि गार्ड दाइ आउनुभयो र तपाईं र प्रवीणलाई मूल गेटमा प्रहरीले बोलाएको छ भन्नुभयो,’ प्रकाशले भने।प्रकाश अन्य साथीहरुसँगै मूल गेटतर्फ गए। त्यहाँ प्रहरीको बाक्लो उपस्थिति थियो। त्यसपछि अन्य साथीहरुले प्रकाशलाई प्रहरी भएतर्फ नजान सुझाएका थिए।प्रहरीको बाक्लो उपस्थिति देखेपछि प्रकाशले प्रहरीलाई के गर्न खोजेको भनेर सोधेका थिए। प्रहरीको भनाइ उद्धृत गर्दै प्रकाशले भने, ‘केस धेरै सेन्सेटिभ छ। अवैध सामानसहित मान्छे छिरेको छ र तपाईंलाई पक्राउ गर्ने भन्ने माथिको आदेश छ।’

    प्रहरीले यस्तो जवाफ दिएको केही समयमै प्रिन्सिपल ममता तिवारी, अरुण कोइराला र प्रहरी टिटी कोर्टतिर गएको र सादा पोशाकका प्रहरीले केही सामान राखेर फोटो खिचेको प्रकाशले बताएका छन्।त्यसको केही समयमै होस्टलमा हतियार भेटियो भन्दै प्रचार गरेर फसाउन खोजिएको प्रकाशको आरोप छ।विद्यार्थीको मागप्रति अनेरास्ववियुको ध्यानाकर्षण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेडिकल विद्यार्थीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण गराएको छ।आइतबार प्रेस विज्ञप्ति जारी गर्दै युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमन, षड्यन्त्र र ज्यान मार्नेसम्मका धम्कीहरुले थप आक्रोशित बनाएको विज्ञप्तिमा उल्लेख छ।

    युनियनले शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीलाई होस्टलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन प्रशासनलाई सचेत गराएको छ। साथै सरकारले पछिल्लो पटक दिएको १५ दिनको समय सीमाभित्र शुल्क कार्यान्वयन र समायोजन गर्न पुनः मेडिकल कलेजहरुलाई आग्रह समेत गरेको छ।निर्धारित समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेसन खारेज गर्न, अध्ययनरत विद्यार्थीहरुको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडि बढाउन सरकारलाई युनियनले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑