वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा झडप राष्ट्रिय बिधार्थी सँग का जिल्ला अध्यक्ष लगायत ५ जाना घाइते
वीरगंज संजाल
११ मंसिर २०७६, बुधबार १६:१२
६९१७
वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा प्रशासनले मनोमानी ढंगबाट प्रक्रिया नै पुरा नगरी शिक्षक र कर्मचारी नियुक्त गरे पछि विरोधमा नेबि संघ, रा.वि.संघ, स.वि.यूनियन, अ.ने .रा .बि यू . उत्रिएका विद्यार्थीहरु माथि प्रशासनले प्रहरी लगाएर विद्यार्थीहरु माथि कुट्पिट गराएको छ । कुटपिटबाट राष्ट्रिय विद्यार्थी संघ पर्साका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफ, संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, विद्यार्थी नेता सागिर अलि, अर्यन कुमार, नितेश पटेल घाईते भएका छन् ।
घाइते विद्यार्थीहरुको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार गराएर घर फर्केका । विद्यार्थीहरुले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरिरहेको बेला प्रशासनले प्रहरी लगाएर विद्यार्थीहरुलाई धपाउन खोज्दा झडपमा भएको थियो ।
ठाकुरराम बहुमुखी क्याम्पसको प्रशासनले मनोमानी ढंगबाट प्रक्रिया नै पुरा नगरी नयाँ शिक्षक र कर्मचारी नियुक्त गरेको विरोधमा विद्यार्थी संगठनहरु मंगलबार देखि नै विरोध गरिरहेका छन् ।
विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनले फर्जी कागजात बनाई कुनै प्रतिश्पर्दा नै नगरी आफ्ना नातेदार र निकटका व्यक्तिहरुलाई नियुक्त गरेको आरोप लगाएका छन् । ‘गोलमटोल सूचना निकालेर क्याम्पस प्रशासनले शिक्षक र नयाँ कर्मचारीहरुको नियुक्ति गरेको छ,’ ‘प्रक्रिया समेत पुरा नगरी, क्याम्पसका लगभग हरेक शाखाहरुमा विद्यार्थी संगठनहरुले ताला लगाएको बेला, फर्जी कागज बनाएर बिना प्रतिष्पर्धा नै आफ्ना नातेदार र निकटका व्यक्तिलाई कर्मचारी नियुक्त गरिएको छ ।’
‘कर्मचारी नियुक्तिमा त् समस्या छदै छ, तर आवश्यकता नरहेको पदमा समेत कर्मचारी र शिक्षक नियुक्त गरिएको छ, , ‘ क्याम्पस प्रशासनले विभिन्न पदमा ७ व्यक्तिको नियुक्ति गरेको छ ।