सर्लाही । बयलवासमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले बरामद गरेको साढे ९ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।उपनिर्वाचनलाई मध्यनजर गरी गस्ती बढाउँदा जिल्लाको हरिपूर्वासहित विभिन्न स्थानबाट बरामद गरिएको मदिरा आज बिहान
जनप्रतिनिधि र अन्य सरोकारवालाको उपस्थितिमा फूलजोर खोलामा ल्याएर नष्ट गरिएको सर्लाहीका प्रहरी निरीक्षक जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए ।प्रहरीले बेला–बेलामा बरामद गरेर नष्ट गरेपनि जिल्लामा लुकिछिपी घरेलु मदिराको व्यापार भइरहेको छ ।