शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिने अल्टिमेटम सकियो, तर टेरेनन् मेडिकल कलेजले
वीरगंज संजाल
९ मंसिर २०७६, सोमबार १४:१९
४७६३
काठमाडाैँ | अतिरिक्त शुल्क लिएका मेडिकल कलेजलाई साे शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएको छ ।शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी दिंदै सरकारले मेडिकल कलेजलाई दिएको अल्टिमेट सकिएको हो ।अल्टिमेट सकिए पनि मेडिकल कलेजले भने अहिलेसम्म शुल्क फिर्ता गरेका छैनन् ।
यता, शिक्षा मन्त्रालयमा अहिले मेडिकल कलेज सञ्चालकहरू र सरकारबीच अनौपचारिक छलफल भइरहेको छ ।यस्तै, शुल्क फिर्ता नगरेको विरोधमा आज पनि चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन् ।
कलेजविरुद्ध संघर्षका कार्यक्रम गर्दै आएका विद्यार्थीले अभिभावकसहित प्रदर्शन गर्दै आएका छन् । तर कलेज सञ्चालकले भने उनीहरूलाइ ज्यान मार्नेसम्मकाे धम्की दिँदै प्रदर्शनकारीमाथि दमन गर्दै आएका छन् । शुल्क फिर्ता नगरे सरकारले उनीहरूविरूद्ध ठगी मुद्दा चलाउन सक्ने बताइएकाे छ ।