• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    संवैधानिक आयाेगमा सूचिकृत नाममाथि परेका उजुरी अध्ययन गर्न सिफारिस समितिको बैठक बस्दै

  • वीरगंज संजाल
  • ८ मंसिर २०७६, आईतवार १०:३७
  • ६०३९

    काठमाडौं |  सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सूचिकृत नाममाथि परेका उजुरीको अध्ययन गर्न आइतबार सिफारिस समितिको बैठक बस्ने भएको छ।समितिले गत सोमबार दुई आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस हुन इच्छाएका ६१ जनाको नाम सार्वजनिक गरेको थियो। सार्वजनिक भएका नामहरूको विषयमा उजुरी दिन दिएको पाँच दिनको समय शनिबार सकिएपछि समितिको बैठक आज बस्न लागेको हो।

    सिफारिस समितिकी सदस्य शर्मिला कार्कीले सूचिकृत व्यक्तिहरूमाथि परेका उजुरीको अध्ययन गर्न दिउँसो १ बजे बैठक बस्न लागेको नेपाल लाइभलाई जानकारी दिइन्। ‘हामीले दिएको पाँच दिनको समय शनिबार सकिएको थियो,’ कार्कीले भनिन्, ‘हिजो विदा भएकाले आज बैठक बस्न लागेको हो। सूचिकृत नामबारे कस्ता उजुरी परेका छन्, तीनको आज अध्ययन हुन्छ।’

    कार्कीले आजको बैठकमा उजुरीको अध्ययनमात्रै हुने भन्दै दुवै आयोगका पदाधिकारीको अन्तिम नाम सिफारिस गर्न भने अझैँ केही दिन लाग्ने बताइन्। सिफारिस समितिले व्यक्तिगत रुपमा फारम भरेका, संघसंस्थाको तर्फबाट प्रस्ताव गरेका र समिति स्वयंको तर्फबाट भन्दै ६१ जनाको रोष्टर सार्वजनिक गरेको थियाे।

    केही नयाँ अनुहारबाहेक अधिकांश आयोगका पूर्वपदाधिकारीको नामसहितको सूची समितिले सार्वजनिक गरेको छ। नयाँ नाममा सत्य निरूपण तथा मेलमिला आयोगको अध्यक्षका लागि गणेशदत्त भट्ट छन्। उनी नेपाल ल क्याम्पसका सहप्राध्यापक हुन्।

    द्वन्द्वकालीन आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा बैठक बोलाएका थिए। उक्त बैठकमा ओली, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरूपणमा भट्टको नाम सिफारिस समितिमा पठाने सहमति भएको थियो।

    उनीहरूबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने सबै पुरानै पदाधिकारी दोहोर्‍याउने सहमति भएको थियो। गत चैत्रको दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त हुने पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय समिति बनाएको थियो।

    समितिले लामो समयसम्म पनि नाम सिफारिस गर्न सकेन। समितिले समयमै नाम सिफारिस गर्न नसक्नुमा राजनीतिक दलको हस्तक्षेप कारक रहेको पीडितहरू ठान्छन्। आयोगमा पदाधिकारी छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसबाट बाहिरीन सिफारिस समितिमा निवदेनसमेत परेको छ।

    सत्य निरूपण तथा मेलमिलाप आयोग सदस्यका लागि निवेदन दिएका अधिवक्ता आशिकराम कार्कीले राजनीतिक हस्तक्षेपका कारण छनोट प्रक्रिया निष्पक्ष नुहने भन्दै आफ्नो नाम सूचीबाट हटाउन मंगलबार निवदेन दिएका थिए। सिफारिस समितिले सोमबार सार्वजनिक गरेको सूचीमा कार्कीको नाम पनि छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑