• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    करोडौँ वर्ष अगाडि डाइनोसरलाई सखाप पार्ने क्षुद्रग्रहको नयाँ रहस्य

  • वीरगंज संजाल
  • ८ मंसिर २०७६, आईतवार ०५:३२
  • ५०२९

    एजेन्सी । ६ करोड ६० लाख वर्ष अगाडि डाइनोसर पृथ्वीबाट लोप भएर गएका थिए । त्यसबेला पृथ्वीमा खसेको ठूलो क्षुद्रग्रहकै कारण व्यापक आगलागी, सुनामी, सल्फरको बादललगायतका प्राकृतिक दुर्घटनाले भयानक रुप लिइ प्राणीहरुलाई सखाप पारेको एक नयाँ अनुसन्धानपछि वैज्ञानिकहरुले बताएका हुन् ।

    उक्त क्षुद्र ग्रह अर्थात ‘एस्टेरोइड’ १० अर्ब आणविक बम बराबरको फोर्समा पृथ्वीसँग ठोक्किएको उनीहरुको भनाइ छ । त्यसैले ग्रह खसिसकेपछिको असर पानी मुनि रहेको एक नयाँ ढुङ्गाको स्याम्पलमा फेला परेको वैज्ञानिकहरुले बताएका हुन् । सो दुर्घटनाले पृथ्वीको झन्डै ७५ प्रतिशत प्राणीको ज्यान लिएको बताइएको छ ।

    युनिभर्सिटी अफ टेक्ससका वैज्ञानिकहरुले पृथ्वीको करिब १.६ किलोमिटर गहिराइसम्म खनेर डाटाहरु संकलन गरि विभिन्न अध्ययनपछि ६ं६ करोड वर्ष अगाडिको यस्तो रहस्य पत्ता लगाएका हुन् । यस परियोजनाका प्रमुख प्रोफेसर सिन गुलिक भन्छन्, “ग्राउन्ड जिरोको भित्री भागमा फेला परेका ढुङ्गाका स्याम्पल मार्फत नै हामी त्यति पुरानो घटनाबारे विस्तृत रेकर्ड हासिल गर्न सफल भएका हौँ । ती डाटा डाइनासोरको युग अन्त्य गर्ने उक्त विनाशकारी घटनापछिका असरहरु सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने ‘रक रेकर्ड’ का हिस्सा हुन् । ”

    इम्पेरियल कलेज लन्डनका प्रोफेसर गुलिक र प्रोफेसर जोआना मोर्गानले जमिनको १३,०० मिटर भित्रबाट मेक्सिकोस्थित ‘सिक्सुलब क्रेटर’ को तलबाट स्याम्पल संकलन गरेका हुन् । उनीहरुले यसको तस्बिर पनि सार्वजानिक गरेका छन् । यसरी युआटान प्रायद्विपबाट ३८.६ किलोमिटर तल अवस्थित सिक्सुलब क्रेटर त्यतिबेला खसेको क्षुद्रग्रहले बनाएको खाल्डो हो । यस्तोमा युकाटान क्षेत्रमा भेटिएका चारकोल लगायत सल्फरयुक्त ढङ्गाका टुक्राहरुले करोडौँ वर्ष अघिका घटना सम्बन्धी हालसम्मकै सबैभन्दा विस्तृत जानकारी प्रदान गरेको वैज्ञानिकहरु बताउँछन् ।

    यसमा उनीहरुले अत्याधिक द्रुत गतिको ठक्करका कारण टुक्रिएको अवस्थामा ‘स्यान्डस्टोन, लाइमस्टोन र ग्रानाइट’ फेला पारेका हुन् । स्याम्पलपको अध्ययनपछि उक्त ग्रहको चौडाइ १० देखि १५ किलोमिटर रहेको विस्वास गरिएको छ र यो पृथ्वीमा ७० हजार किलोमिटर प्रतिघण्टाको रफ्तारमा ठोकिएको हुन सक्ने बताइएको छ । प्रोफेसर गुलिकको टोलीका अनुसार यसैले पृथ्वीमा अप्रत्याशित संकट निम्त्याएको थियो ।

    जसबीच हजारौँ रुखहरुमा आगलागी भयो भने, ठुल्ठुला सुनामी आएको थियो । त्यही सुनामीले ग्रहको अवशेशलाई क्रेटरसम्म पुर्याएको पनि बताइएको छ । यस क्रममा पृथ्वीको वायुमण्डलमा यति धेरै सल्फर फैलिएको थियो कि त्यसले सूर्यको प्रकाश समेत अवरुद्ध गरेको बताइएको छ । यसरी संकलित स्याम्पलमा अधिक मात्रामा सल्फरयुक्त ढुङ्गाहरु भेटिएको हो ।

    यो सिद्धान्त वैज्ञानिकहरुको भनाइसँग पूर्ण मेल खान्छ कि – “ग्रह पृथ्वीमा ठोकिएपछि पृथ्वीका धेरै चट्टानहरु वाफ बनेर हावामा फैलिएका थिए जसले नै वायुमण्डलमा ३२५ अर्ब टन ग्यास फैलायो र सूर्यलाई समेत छेकेर पृथ्वीभरको तापक्रम अनियन्त्रित रुपमा कम गराएको थियो ।” वैज्ञानिकहरुको सो टोलीले भनेको छ, “त्यस दिन धेरै डाइनोसरमरेका थिए तर सबै सखाप भइसकेका थिएनन् ।

    ” उनीहरुका अनुसार धेरै डाइनोसरजिउँदै जलेर, डुबेर र कति जाडोमा कठ्याङ्ग्रीएर र भोकाएर मरेका हुन् । यसबारेमा प्रोफेसर गुलिकले थप भनेका छन्, ‘त्यसैले यति ठूलो स्तरमा प्राणी लोप हुनुका पछाडि वातावरणीय कारण नै भएको हाम्रो मान्यता छ । वायुमण्डलको ग्यास नै यसको कारण हुनुपर्छ । ”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑