• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    5 वर्षमा एकपटक लाग्ने गढीमाई मेलामा भीडभाड बढ्न थाल्यो

  • वीरगंज संजाल
  • Nov 20, 2019, 8:54 am
  • ४८७७

    बारा |  ५ वर्षमा एकपटक लाग्ने बारा, बरियारपुरको गढीमाई मेलामा बिस्तारै भीडभाड बढ्न शुरू भएको छ । मङ्सिर १ गतेदेखि एक महीनासम्म मेला लाग्ने भए तापनि घटस्थापनाको दिनदेखि नै गढीमाई मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले फोन सन्देशमार्पत् पूजापाठ गरी मेला शुभारम्भ गरेकी थिइन् ।

    मेलामा विशेषगरी मन्दिर आसपासका क्षेत्रमा भीडभाड बढ्न थालेको र मेलामा स्टल राख्ने तथा पसल खोल्नेहरूले जग्गा खरीद गरी आआप्mनो व्यापार शुरू गरिसकेको मेला सञ्चार समितिका संयोजक मुकेश यादवले बताए।उनका अनुसार अबको तीन दिनपछि मेलामा श्रद्धालु भक्तजनहरूको चहलपहल बढ्ने भएपछि मेलामा प्रवेश गर्ने सवारीसाधनलाई बारा प्रहरी तथा ट्राफिक प्रहरीको समन्वयमा मूल समितिले व्यवस्थापनको लागि तयारी गरिसकेको बताए । हाल मेलामा साइकल, मोटरसाइकल, जीप, भ्यान, कार, ट्याक्टर, बससमेत मन्दिरसम्म प्रवेश गरिरहेका छन् भने केही दिनपछि मेलास्थलभन्दा ३ किलोमिटर परै पार्किङ गरी सवारीसाधनको व्यवस्थापन मिलाउने गढीमाई मेला पञ्च वर्षीय व्यवस्थापन समितिको तयारी छ ।

    महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरमा प्राचीन समयदेखि लाग्ने मेलाको लागि वडा नं १ का वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने गढीमाई मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिमा यसअघि निर्वाचनमार्पmत् रामचन्द्र साह अध्यक्षमा विजयी भएका थिए ।उक्त समितिले आप्नो जिम्मेवारी अनुसार काम गरिरहेको छ । मङ्सिर १७ गते षष्ठीका दिन राँगा र १८ गते बोकाको बलि दिइने तिथि तयार भएको पनि मूल समितिले जनाएको छ ।

    विश्वमा सबैभन्दा बढी पशुबलि दिइने मेला भएको कारणले पनि यस मेलालाई मानव अधिकारकर्मी तथा सञ्चारजगत्बाट आलोचना खेप्नुपर्छ । तर श्रद्धालुभक्तका अनुसार गढीमाई मेलाबाट बलिप्रथा हटाएमा मेलाको पहिचान गुम्नेछ । प्रत्येकचोटिको मेलामा पशुबलि रोक्ने होहल्ला भए तापनि हालसम्म पशुबलिलाई कम गर्न सकिएको छैन ।

     मेलामा यसपालि कलैया, कबही, सिम्रौनगढ, मटिअर्वा तथा बरियारपुर गरी पाँचवटा प्रवेशद्वार तोकिएका छन् । प्रवेशद्वारदेखि मन्दिरसम्म बाराका विभिन्न सुरक्षा अङ्गहरूको समन्वयमा करीब १ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । मेला परिसर क्षेत्रमा ८० वटा सिसिटिभी क्यामरा पनि लगाइएको मेला सञ्चार समितिका अध्यक्ष यादवले जानकारी गराए । मेलामा ड्रोन क्यामराबाट पनि निगरानी गरिने उनले बताए ।

     कलैया, मझरिया, बघवन, गंजभवानीपुर, मलहनी, बिजुलपुर, आर्नाहालगायतका गाउँको सयौं बिघा क्षेत्रफलमा लाग्ने मेलामा ५ जारभन्दा बढी सानाठूला पसल लाग्ने अनुमान गरिएको छ । मेलामा सर्वसाधारणको लागि ६ सय शौचालय तथा १०/१० बिघा क्षेत्रफलमा विश्राम गर्न दर्जनौं टेन्ट पण्डाल बनाइँदै छ । मेलामा मूल समितिले यसपालि पसल तथा स्टलको लागि मेला अवधिभर १ वर्गफुट जग्गाको लागि ५ सय रुपैयाँ शुल्क तोकेको छ । मेलामा यसपालि करिब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑