• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    गम्भिर टाउको दुख्ने समस्याका कारण १५ प्रतिशत नेपालीको काममा बाधा, महिलामा दोब्बर बढी समस्या (कुन प्रदेशमा कति?)

  • वीरगंज संजाल
  • ३ मंसिर २०७६, मंगलवार ०८:२६
  • ६३९७

    काठमाडौं- सामान्यतया मानिसले आफ्नो जीवनकालमा धेरै पटक टाउको दुख्ने समस्या भोगिरहेको हुन्छ। विश्व स्वास्थ्य संगठनका विभिन्न प्रतिवेदन अनुसार पनि टाउको दुखाइ मानिसले भोग्ने स्वास्थ्य समस्यामध्ये प्रमुख पाँच समस्याभित्र पर्दछ।

    टाउकाको दुखाइ पनि विभिन्न प्रकारका हुन्छन्। केही टाउको दुखाइ समान्य हुन्छ भने केही गम्भिर हुन्छ। सामान्य टाउको दुखाइ केही समयपछि निको हुन्छ भने गम्भिर दुखाइले थुप्रै समस्या निम्त्याउन सक्छ। टाउकाको सम्बन्ध शरिरका विभिन्न अंगसँग हुने भएकाले टाउको दुखाइमा शरीरका अन्य अंगको भुमिका पनि रहन्छ।

    भर्खरै सार्वजनिक भएको एक सर्वेक्षण प्रतिवेदन अनुसार टाउकाको गम्भिर दुखाइका कारण १५ दशमलव २ प्रतिशत नेपालीको काममा समस्या पर्ने गरेको छ।

    ‘गम्भिर रुपमा टाउको दुख्ने समस्या भएका कारणले गर्दा १५ दशमलव २ प्रतिशतले घरायसी काम गर्न अथवा काममा जान समस्या पर्ने गरेको छ,’ प्रतिवेदनमा भनिएको छ।

    नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वे)ले उक्त तथ्यांक देखाएको हो।

    महिलामा झण्डै दोब्बर बढी समस्या
    सर्वेक्षण अनुसार गम्भिर खालको टाउको दुखाइको समस्या पुरुषको तुलनामा महिलामा झण्डै दोब्बर रहेको छ। सर्वेक्षण प्रतिवेदन अनुसार १० दशमलव ७ प्रतिशत पुरुषमा यस्तो समस्या हुँदा १९ दशमलव २ प्रतिशत महिलामा यस्तो समस्या हुने गरेको छ।

    सर्वेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका ५ हजार ५ सय ९३ जनसंख्यामा गरिएको थियो। यस्तो सर्वे हरेक ५ वर्षको अन्तरालमा गरिन्छ। सर्वेक्षण गत फेब्रुअरीदेखि मे सम्म गरिएको थियो।

    सुदूरपश्चिममा सबैभन्दा बढी
    टाउको दुखाइका कारण काममा बाधा पुग्ने समस्या सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको छ। सुदूरपश्चिमका २३ दशमलव ४ प्रतिशतमा यस्तो समस्या भेटिएको थियो। त्यसपछि यो समस्या कर्णाली प्रदेशमा रहेको छ। कर्णालीका २२ दशमलव ७ प्रतिशतमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ।

    कर्णालीपछि क्रमश प्रदेश ५ मा १७ दशमलव २, प्रदेश ३ मा १३ दशमलव ८, गण्डकी प्रदेशमा १२ दशमलव ९, प्रदेश १ मा १२ दशमलव २ र प्रदेश २ मा १० दशमलव ९ मा यस्तो समस्या भेटिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।


    यो पनि

    टाउको दुखाइमा आयुर्वेद उपचार

    कहिले कुनै लक्षणका साथ त कहिले बिना लक्षण सामान्य दिनचर्यामा टाउको दुख्ने भइरहन्छ। व्यस्त जीवनशैलीमा पहिला त दुखाइ सहिन्छ तर बढी नै दुख्न थालेपछि दुखाइ कम गर्ने औषधि खाइन्छ। सामान्य जीवनमा यस्तो समस्या धेरै मानिसलाई भइरहेको हुन्छ।

    तर, समस्या तब विकराल देखिन्छ जब टाउको दुखाइ बार–बार दोहिरिन्छ। दुखाइको वेग तीव्र हुन्छ, बढी समयसम्म भइरहन्छ र दैनिक क्रियाकलापमा बाधा हुन थाल्छ। बढी समस्या भएपछि जाने अस्पताल नै हो।

    अस्पतालमा रगत जाँच, एक्सरे, सिटी स्क्यान, एमआरआई आदि परीक्षण हुन्छन्।  औषधि खाइन्छ, ठिक भएजस्तो लाग्छ तर पछि दुखाइ ज्यूँका त्यूँ हुन्छ। कतिपय अवस्थामा रगत, एक्सरे आदि असामान्य भई रोग पहिचान भएर पनि औषधि उपचारले सुधार भइरहेको हुँदैन।

    टाउको दुख्नुका विभिन्न कारण हुन सक्छन्। आँखा, नाक, कान, दाँतको समस्या, पिनास, उच्च रक्तचाप, कपाल र छालाको समस्या, चिसो, टाउकोमा चोटपटक, मस्तिष्ककै अन्य जटिल रोग, चिन्ता, तनाव, मानसिक समस्या आदि विभिन्न कारणले टाउको दुख्छ। आयुर्वेदमा टाउको दुख्ने समस्यालाई शिरोरोगअन्तर्गत राखेर कारण, लक्षण, वर्गीकरण र उपचार गरिन्छ।

    वातज शिरोरोगमा बिना कुनै स्पष्ट कारण टाउको दुख्छ, दुखाइ रातमा बढी हुन्छ भने टाउकोमा कपडा कसेर बाँध्नाले र तातोपनको प्रयोगले दुखाइ कम हुन्छ। यसमा सियोले घोचे जस्तो, टाउको फुट्न लागेजस्तो पीडाको अनुभूति हुन्छ। यस्तो अवस्थामा कान कराउने र दुख्ने, आँखा दुख्ने, उज्यालोमा बस्न मन नलाग्ने, नाकबाट पानी बग्नुका साथै रिंगटा लाग्ने पनि हुनसक्छ। यस्तो दुखाइ अचानक सुरू र शान्त हुन्छ। टाउकोमा मालिस, तेल प्रयोग, तातोपना र कपडा बेर्नाले कतिपयलाई दुखाइ कम भएको अनुभूति हुन्छ।

    पित्तज शिरोरोगमा टाउको, आँखा, नाकमा तातोपना र पोलेको जस्तो अनुभूतिका साथ टाउको दुख्छ। यसमा ज्वरो, पसिना आउनुका साथै बेहोसी जस्तो अनुभूति पनि हुनसक्छ। यस्तो किसिमको दुखाइ चिसो र रातमा घट्ने हुन्छ।

    कफज शिरोरोगमा टाउको र घाँटी भारी भएको अनुभूति हुन्छ। घाँटीमा कफ बसेजस्तो र चिपचिप हुने हुन्छ। टाउको चिसो भएको, आँखामुनि र मुख सुन्निएको पनि हुनसक्छ। अर्को त्रिदोषज शिरोरोगमा माथिका सबै लक्षणहरुसँग मिल्दोजुल्दो हुन्छ।

    रक्तज शिरोरोगमा पित्तजजस्तै टाउको पोलेको अनुभूति, चिसो र रातमा दुखाइ कम हुने हुन्छ। तर यसमा विशेषगरी टाउको छोइनसक्नु हुन्छ।

    क्षयज शिरोरोग विशेषगरी पौष्टिक आहारको कमी, अन्य रोग, रक्तस्राव आदिका कारण शरीर कमजोर भएपछि हुने कष्टदायी र तीव्र किसिमको टाउको दुखाइ हो। यस्तो दुखाइ पसिना, बान्ता, धुँवा, नाकमा तेल हाल्नाले बढ्ने हुनसक्छ।

    कृमिज शिरोरोगमा टाउकोमा सियोले घोचे जस्तो एकदम तीव्र पीडा हुन्छ। यसमा नाकबाट रगत जाने वा पातलो स्राव हुनसक्छ। रोगीलाई ज्वरो, खोकी, टाउकोमा घाउ, चिलाउने, टाउको भिजेको जस्तो हुने आदि लक्षण देखिन सक्छन्।

    सूर्यावर्त शिरोरोगमा बिहान सूर्य उदयसँगै टाउको दुखाइ मन्द रूपले सुरू भई दिउँसो तीव्र हुँदै जान्छ र सूर्य पश्चिम लाग्दै जाँदा अर्थात् गर्मी कम हुँदा दुखाइ पनि कम हुन्छ। दुखाइ आँखा र आँखामाथि ललाटमा धेरै हुन्छ। भोक लाग्दा दुखाइ बढ्छ। प्रायः शीतल द्रव्य र कुनैकुनै अवस्थामा तातो द्रव्यको प्रयोगले दुखाइ कम भएको अनुभूति हुन्छ।

    त्यस्तै अनन्तवात शिरोरोगमा घाँटीको पछाडि भाग, आँखा र कान वरिपरि दुख्ने, काम्ने र घाँटी–टाउको चलाउन गाह्रो हुन्छ।

    अर्धावभेदक शिरोरोगमा टाउकोको आधा भागमा १०–१५ दिनको अन्तरमा वा अचानक हड्डी भाँचिएको जस्तो, सियोले घोचे जस्तो अत्यन्त तीव्र किसिमको पीडा हुन्छ, साथै वरिपरिको कुरा थाहा नपाउनेगरी भ्रम पनि हुनसक्छ। केही मिनेट, घन्टा वा दिनपछि दुखाइ आफैं शान्त पनि हुन्छ।

    शंखक शिरोरोगमा शंख अर्थात् दुवै कानपट्टि तीव्र दुखाइ हुन्छ। यस्तो दुखाइ पोल्ने, सियोले घोचेजस्तो र समयमा उचित चिकित्सा नगरिए प्राणघातक समेत हुनसक्छ। यसमा तिर्खा बढी लाग्ने, बेहोसी र ज्वरो पनि आउने हुन्छ।

    यी रोगहरुको चिकित्सामा निदान परिवर्जन (रोगको कारण पत्ता लगाई तिनको त्याग गर्ने), संशोधन (वमन, विरेचन आदि कर्म), संशमन (विभिन्न औषधिको सेवन) र पथ्य–अपथ्य आहार विहार, योग, ध्यान र प्राणायामको प्रयोगले दुखाइ निको पार्ने, दुखाइको वेग, समय र दोहिरिने अन्तराल कम गर्न सकिन्छ।

    शिरोरोगका सामान्य कारणहरु जस्तै धुलो, धुँवा, पानीमा धेरै पौडी खेल्ने, एकदम धेरै वा कम सुत्ने, गलत समयमा सुत्ने, अग्लो सिरानी, असजिलो ओछ्यानमा सुत्ने, चिन्ता, तनाव, धेरै रुने, शोक, रिस आदि मानसिक संवेग दबाउने, अधिक मद्यपान, शिरमा तेलको प्रयोग नगर्ने, टाउकोको अस्वाभाविक घुमाइ, असात्मय गन्ध, दृश्य, आवाज आदि कारणहरुको त्याग गर्नुपर्छ।

    संशोधन चिकित्साकर्म अन्तर्गत यसमा नस्य अर्थात् शिरोविरेचन (नाकबाट औषधि दिने कर्म), शिरोसेक (औषधिको हल्का तातो क्वाथ, दूध आदिले शिर सेक्ने), शिरोलेप र प्रलेप (हल्का तातो औषधियुक्त तेल, घृत, दूधको शिरमा लेप गर्ने), शीतल लेप र प्रलेप, उपनाह (औषधि द्रव्य राखी कपडा आदिले बाँध्ने–बेर्ने), परिषेक (शिरमा औषधि द्रव्य छर्कने), शिरोवस्ती (शिरको वरिपरि मासको पिठोले घेरा बनाई त्यसमा द्रव्य औषधि राख्ने), शिरोधारा (औषधियुक्त क्वाथ, तेल, दूधको धारा निश्चित उचाइबाट रोगीको टाउकोमा पार्ने), गण्डूष (मुखमा औषधि द्रव्य राखेर चलाउने), कवल (मुखमा औषधि द्रव्य नचलाइकन धारण गर्ने), धूमपान (औषधि द्रव्यको धूम–धुँवा सेवन), वमन, विरेचन, वस्ती आदिको आवश्यकता अनुसार प्रयोग गरिन्छ। यसका साथै संशमन चिकित्साकर्म अन्तर्गत औषधिको चूर्ण, क्वाथ, अवलेह आदिको पनि आभ्यन्तर सेवन गराइन्छ।

    आहार–विहारको रुपमा पुरानो घिउ, शाली र साठी धानको चामल, दालको पानी, परवल, सहिजन, किसमिस, बथुवा साग, करेला, आँप, अमला, अनार, कागती, मही, हर्रो, घिउकुमारी नागरमोथा आदि पथ्य छन्।

    योग र आसनमा प्राणायाम, अनुलोम–विलोम, हस्तपादासन, सेतुबन्धासन, शिशवासन, पश्चिमोत्तासन, पद्मासन, शवासन, अधोमुख शवासन, प्रातःकाल स्वच्छ वातावरणमा भ्रमण आदि रोगअनुसार गर्न सकिन्छ।

    तर साइड इफेक्ट हुँदैन भनेर जथाभावी जडिबुटी र आयुर्वेदिक औषधि खाने काम चाहिँ गर्नुहुन्न। साथै पहिलादेखि सेवन गर्दै आएको औषधि बिना चिकित्सकको परामर्श चटक्कै छोड्ने काम पनि गर्नुहुन्न। आयुर्वेद चिकित्सा सेवा लिन चाहे त्रिवि आयुर्वेद शिक्षण अस्पताल, नरदेवी आयुर्वेद चिकित्सालय, जिल्लास्थित आयुर्वेद औषधालय लगायतका ठाउँमा उपचार र सेवा लिन सकिन्छ।

    (डा सौरभ त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्नसिप गर्दैछन्)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑