• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आलमले प्रहरीकै अगाडि दिए मान्छे मार्ने र आगो लगाउने धम्की (भिडियाेसहित)

  • वीरगंज संजाल
  • २ मंसिर २०७६, सोमबार २२:४३
  • ५६३७

    काठमाडाैं | रौतहटको राजपुर बमकाण्डका अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमले प्रहरीकै अगाडि मान्छे मार्ने र आगो लगाउने धम्की दिएको पाइएको छ ।

    नेपाल ब्रोडकास्टिङ च्यानल (न्यूज २४) लाई प्राप्त २ मिनेट २४ सेकेन्डको भिडियोमा आलमले प्रहरीकै सामु जिल्लामा आगो लगाइदिने र मान्छे मार्ने धम्की दिएका छन् ।

    प्रहरीकै अगाडि आलमले आफू विरुद्ध लाग्नेलाई मार्ने मात्र नभएर जिल्ला नै अशान्त बनाउने धम्की दिएका छन् । आलम हाल ललितपुरको नख्खु कारागारमा रहेका छन् । उनी १२ वर्षअघिकाे साे बमकाण्डमा गत असोज २६ गते पक्राउ परेका थिए । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय राैतहटको हिरासत कक्षमा लैजाने क्रममा उनले प्रहरीलाई नै धम्की दिएकाे भिडियाे फेला परेकाे हाे ।

    न्युज २४ लाइ प्राप्त यो भिडियोमा आलमले राैतहट जिल्ला नै अशान्त पार्ने भनेका छन् । त्यति मात्र होइन, उनले प्रहरीलाई नै धम्क्याएका छन् । उनले आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै आफू छुटेपछि एसपी भूपेन्द्र खत्री र डीएसपी नविन कार्कीलाई हत्कडी लगाउने धम्की दिएका छन् । भिडियाेमा उनले ‘भारतबाट मानिस…’ र ‘मेराे भारतबाट…’ भनेर समेत उच्चारण गरेका छन् तर त्याे बाेलि प्रस्ट सुनिँदैन

    भिडियाेसहित

    https://www.youtube.com/watch?v=MUC9zy2uD20#action=share

    हेर्नुहाेस्- भिडियाेमा सुनिएकाे संवादकाे एक अंश–

    आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?
    प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौं हजुर ? माननीयज्यूलाई हामी सम्मान गर्छौं । जयनेपाल, नमस्कार भनेका छौं ।
    आलमः (गाडीमा हात बजार्दै) हँ… ? यो जिल्लामा आग (आगो) लाग्छ, आग ।
    प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवारी हो नि ।
    आलमः यो जिल्लामा आग लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस…
    प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर ।
    आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंले ।
    प्रहरीः हैन माननीयज्यू ।
    आलमः अब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ ।
    प्रहरीः माननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ ?
    आलमः हँ… एकदम हुन्छ, हुन्छ, हुन्छ ।
    प्रहरीः त्यसो भन्न हुँदैन हजुर ।
    आलमः (प्रहरीतर्फ औंला ठड्याउँदै) तपाईं र एसपीलाई हत्कडी लगाउँछु ।
    प्रहरीः ठीक छ, ठीक छ । म जेल जान तयार छु । सर्वोच्चको आदेश पालना गर्दा हजुरले जेल पठाउनुहुन्छ भने हामी जान्छौं ।
    आलमः अब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ ।
    प्रहरीः शान्तिसुरक्षा गर्ने दायित्व हजुरको पनि हो ।
    आलमः तपाईंलाई के हुन्छ भन्ने त मेरो वकिल आउँछ अनि थाहा हुन्छ ।
    प्रहरीः बरू को वकिल हुनुहुन्छ, हामी बोलाउन सहयोग गर्छौं । मर्जी होस् हजुर ।
    आलमः (चर्को बाेल्दै) हैन, मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ ।
    प्रहरीः हामीले त सर्वोच्चको फैसला कार्यान्वयन मात्रै गरेका हौं हजुर ।
    आलमः होइन, त्यसका लागि पुलिस लिएर जान मिल्छ ? मेरो भारतबाट…
    प्रहरीः माननीयज्यूलाई सम्मानसाथ जयनेपाल, नमस्कार गरेर यस्तो आदेश छ हजुर भनेका छौं ।
    आलमः होइन, तपाईंहरुले डकैतजस्तो व्यवहार गर्नुभयो । यही चोक (राजपुर/इन्द्रिस गेट) मा हजारौं मानिस जम्मा
    हुन्छन् अब ।
    प्रहरीः केका निम्ति हजुर ? हामीले त सर्वोच्चको फैसला कार्यान्वयन गरेका हौं । अब अदालतले फैसला गर्छ, भीडले होइन । हजुरको पक्ष ‘स्ट्रङ’ छ भने त्यसरी जाउँ न हजुर ।
    आलमः होइन, तपाईं दुइटा पुलिस राखेर… (शब्द प्रष्ट बुझिँदैन) गर्नुभएको छ, यसको भुक्तभोगी (जिम्मेवार) तपाईंहरु बन्नुहुनेछ ।
    प्रहरीः हजुरले मलाई कहाँ दोष दिन मिल्छ र ? हामीले कानुन कार्यान्वयन गर्ने मात्रै हो । हामी सामान्य कारिन्दा मात्रै हौं ।
    आलमः हैन, हैन.. ।
    प्रहरीः हजुरहरुले नै बनाएको कानुन कार्यान्वयन गरेका हौं ।

    आलमलाई कात्तिक १८ गते जिल्ला न्यायाधिवक्ताको कार्यालय, राैतहटले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा ३० वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

    कात्तिक २९ गते न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान हुने आदेश दिएको छ । आलम आदेश पछि नख्खु कारागारमा छन् । आदेश लगत्तै न्यायाधीश ढकाल र न्यायाधिवक्ता खडिन्द्रराज कटवाल रौतहटबाट राति नै प्रहरी ‘एस्कर्टिङ’ मा काठमाडौं आउनुभएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑