मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद प्रदिप यादवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगी, उपमेयर शान्ति कार्की, वीरगञ्ज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, आश्रमका अभिभावक तथा बिपिसी कलेजका प्राचार्य डा. दिपक शाक्य, नेकपा वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अंसारी, राजपा महानगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफ, डा. अशोक दास, निभा दास लगायतकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका विधार्थी, पेशाकर्मीहरुको पनि व्यापक सहभागिता रहयो ।