काठमाडौँ | सम्पदा बचाउन माग राख्दै काठमाडौँको रत्नपार्कमा तालाबन्दी गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीको अगुवाईमा गएका सम्पदा बचाउ अभियानका अभियान्ताहरुले तालाबन्दी गरेका हुन् ।
उनीहरुले अतिक्रमण हटाएर रत्नपार्क खुला र सफा राख्न माग गर्दै तालाबन्दी गरेको बताएका छन् । रत्नपार्क अतिक्रमण गरेर बनाइएका टहरा हटाउन पनि उनीहरुको माग छ ।
तर रत्नपार्क छेउछाउका व्यापारीहरुले भने तालाबन्दीको विरोध गरेका छन् । उनीहरुले मुलुकको सीमाना मिचिँदा चुप लागेर बस्नेहरुले रत्नपार्कमा आएर बखेडा झिकेको आरोप लगाएका छन् ।