स्थानीय तह उपनिर्वाचनको सखुवा प्रसौनी वडा ५ को उमेदवारी नमावली दर्ता सम्पन्न
वीरगंज संजाल
२७ कार्तिक २०७६, बुधबार २२:३१
५०५१
पर्सा | पर्सा जिल्लामा मङ्सिर १४हुनलागेको स्थानीय तहको उपनिर्वाचनको लागि उमेदवारको नमावली दर्ता आज सखुवाप्रसौनी गाउँपालिका वडा न:२को श्री दिपनरायण उच्च माध्यमिक बिधालयको भवनमा सम्पन्न भएको छ।
बिहान १०:००बजे देखि १:००बजे सम्म नमावली दर्ता गराउनु पर्ने थियोे त्यो समय भित्र ५जनाले उमदवारी नमावली दर्ता गराएको थियोे।सखुवाप्रसौनी गाउँपलिका वडा न:५मा रिक्त वडा अध्यक्षको पद खालीरहेको पदपूर्तिको लागि हुनलागेको उपचुनावमा ४वटा राजनीति दल र १स्वतन्त्रमा उमेदवारहरु छन्।समाजवादी पार्टी नेपालको तर्फबाट रुपलाल यादव,नेपाली काग्रेस पार्टीको तर्फबाट आशेषवर यादव, नेपाल कम्युनिस्टको तर्फबाट उदय शंकर प्रसाद रौनियार,रा.प्र.पा.को तर्फबाट सदरी महरा र स्वतन्त्र उमेदवार गोपाल साह कानुहरु नमावली दर्ता गराएका थिए।
नमावली दर्तामा संघिय संसद प्रदीप यादव,संसद हरिनारायण रौनियार,प्रदेश बिधायक प्रहलाद गिरी,प्रदेश बिधायक मन्जुर आलम अन्सारी,भुपु मन्त्री नागेन्द्र चौधरी,रामचन्द्र साह,गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल,गापा उपाध्यक्ष फुलमती देवी चौधरी,वडा ३कोअध्यक्ष सलिम अन्सारी र राजकुमार यादवको उपस्थिति रहेको थियो।यस वडामा दुई हजार दुई मतदाता संख्या रहेको निर्वाचन अायोगले बताएका छन्।