विमानस्थलबाट दुई किलो चाँदीसहित भुटानी नागरिक पक्राउ
वीरगंज संजाल
२६ कार्तिक २०७६, मंगलवार १३:४३
३७४९
काठमाडौं | प्रहरीले अवैध दुई किलो चाँदीसहित एक जना भुटानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानमार्फत भुटानतर्फ जान लागेका बेला उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको चाँदी भेटिएको प्रहरीले जनाएको छ ।उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।