महोत्तरी ।धर्वेन्द्र कुमार यादव | मैथिली संस्कृति अन्तर्गत चेलिबेटिहरुद्वारा हरेक वर्ष मनाइने लोकपर्व ‘सामा–चकेवा’ तराई–मधेसमा नौ दिनसम्म मनाएर (आज )सोमवार सम्पन्न गरिएको छ ।
सामा चकेवाको सुरुवातसँगै महोत्तरीको ग्रामीण क्षेत्रमा चेलिबेटिहरुले रातो र सेतो माटोले घर लिपपोत गरी सिंगारेका थिए ।परम्पराअनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई धर्तीमा भसाएर चुगला र वृदावनलाई पूर्णरुपमा जलाई खेतमा गाडि दाजु–भाईलाई मिठो परिकार खुवाई यो विधि सम्पन्न गरेका छन् । खासगरी तराई क्षेत्रका सम्पूर्ण भु–भागमा हर्षोल्लासका साथ मनाईने पौराणिक लोकपर्व ‘सामा–चकेवा’लाई मिथिलाञ्चलका चेलिबेटीले महापर्वको रुपमा लिन्छन् ।
‘सामा–चकेवा’ बहिनी र भाईको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व हो ।हरेक वर्ष छठ पर्वको खरनाका दिन देखि पूर्णिमासम्म नियमित नौ दिन दाजुभाइ हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ ।