एजेन्सी– नाइट ड्युटी अर्थात् निद्राको कमी, आरामको कमी र शरीरका लागि असर । रातिको समयमा काम गर्दा दैनिक कार्ययोजना बिग्रिने गर्छ । खान– पिउनेदेखि सुत्ने समय पनि मिल्दैन । हाम्रो शरीरलाई राति सुत्ने बानी परेको हुन्छ । तर, नाइट ड्युटीमा निदाउनु त के सुत्नेबारे सोच्न पनि मिल्दैन । यसले गर्दा छटपटी हुन थाल्छ, टाउको दुख्न थाल्छ र कसैसँग कुरा गर्न मन पनि लाग्दैन । यसबाट बच्ने केही उपाय यस्ता छन् :
१. दिउँसो आराम गर्ने । दिउँसो कोठामा आराम गर्दा कोठालाई पूरै अँध्यारो र सुनसान बनाउनुपर्छ, जसले निद्रा नबिग्रियोस् । यसो गर्दा चिढ्चिढापन हराउँछ । हैरान हुनबाट छुटकारा मिल्छ ।
२. प्राणयाम गर्ने । यसमा पनि बज्रासनले पनि इरिटेसनबाट छुटकारा दिलाई एकाग्रता बढ्छ ।
३. खाना खाइसकेपछि मात्र ड्युटी गर्ने । नाइट ड्युटी गर्दा ८ देखि १० बजेको बीचमा जसरी भए पनि डिनर अनिवार्य रूपमा खानुपर्छ ।
४. सामान्यतया खाना खाइसकेपछि निद्रा लाग्छ भन्ने सोच धेरैमा हुन्छ । यस्तो अवस्थामा थोरै खाना खाएर काममा जान सकिन्छ । खानामा ब्राउन राइस, सलाद, दही वा जुस खाँदा राम्रो हुन्छ ।
५. आयुर्वेदका अनुसार रातिको समयमा लगातार घन्टौँसम्म जाग्नाले शरीरमा वाटा ड्राइनेस हुन्छ । त्यसैले यसका लागि रातमा थोरै वर्कआउट गर्नुपर्छ ।
६. यसबाट बच्नका लागि अश्वगंधाको प्रयोग गर्नुपर्छ । यसले नर्भ सिस्टमलाई राम्रो बनाउने मात्र नभई शरीरमा शक्तिको लेभल पनि बनाउने गर्छ । साथै यसले निद्रा पनि राम्रोसँग लगाउन मद्दत गर्छ ।