काठमाडौैँ | सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा मन्त्रीपरिषद पुर्नगठनसहितका विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।
ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आइतबार यसबारेमा छलफल भएको र थप छलफलका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।