वीरगंज | वीरगंजमा मुस्लिम समुदायले महम्मद डे विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।नोभेम्बर १० तारिखका दिन मुस्लिम धर्मका प्रवर्तक महम्मद हजरत पैगम्बरको १४३९औं जन्मदिनको अवसरमा आइतवार वीरगंजस्थित मस्जिद, मदर्साहरूबाट जुलुस निकालिएको थियो ।
घण्टाघरमा एकत्र भएको जुलुसले नगरपरिक्रमा गरेको थियो । आजका दिन मुस्लिम समुदायले मस्जिद, मदर्सामा नमाज पढेर गरीब असहायहरूलाई भोजन पनि गरायो ।महम्मद डेको अवसरमा वीरगंज–६ लाठगल्लीस्थित जामे मस्जिदमा बिरयानी पकवान सबैलाई भोजन गराइएको थियो ।
निजगढमा सुन्नी समुदायका मुस्लिमहरूले हजरत पैगम्बर मुहम्मदको जन्मदिन आइतवार बिहान धूमधामका साथ मनाएका छन् । उनीहरूले निजगढको जमुनापैनीस्थित मस्जिदबाट निकालिएको खुशियाली ¥याली राजमार्ग हुँदै बुद्धचोक, शहीदचोक, पूर्वी लच्का हुँदै पुनः मस्जिदमा आई समापन भएको थियो । ¥यालीमा हजरत पैगम्बर मुहम्मदको जयजयकार गरिएको थियो ।
¥यालीमा निजगढ नगरकी उपप्रमुख लीलादेवी लामिछाने, वडाध्यक्षहरू सुदर्शन बडाल, जयराम कुमर, रामजी बजगाईं, दिलबहादुर लामा, थानेश्वर सापकोटालगायत सहभागी थिए ।नेपाल विभिन्न जातजाति, समुदाय, धर्म, संस्कृतिको सङ्गम भूमि भएकोले सबैका चाडपर्व, रीतिरिवाजहरूको आआप्mनै विशेषता, मौलिक पहिचान हुने भएकोले एकार्का समुदायमा आदर, सम्मान बढ्ने निजगढ नगरकी उपप्रमुख लामिछाने बताइन् ।एकार्का समुदायबीच मित्रता तथा भाइचारा बढाउने उत्सवको रूपमा लिइँदै आइरहेको सुन्नी मुस्लिम निजगढका अध्यक्ष मोफिज मुहम्मद सिद्धिकीले बताए । सो ¥यालीमा ५ सयभन्दा बढी व्यक्ति सहभागी थिए।