आज वीरगन्ज स्थित महाकवि को प्रतिमामा माल्यार्पण गरिएको छ
वीरगंज संजाल
२४ कार्तिक २०७६, आईतवार ११:५२
५०९७
बीरगन्ज l मैथिली भाषाको महाकवि विधापतिको स्मृति दिवसको अवसरमा आज वीरगन्ज स्थित महाकवि को प्रतिमामा माल्यार्पण गरिएको छ ।
मैथिली साहित्य परिषद वीरगन्ज र पण्डित अमृत नाथ चिन्तन प्रतिष्ठान को आयोजनामा भएको माल्यार्पण कार्यक्रम मा परिषद का अध्यक्ष महेश दासले महाकवि बिधापतिको काव्य कृतीहरु अहिले पनि समय सान्दर्भिक रहेको ले लोक जिवन मा उनी जिवित र अमर रहेको बताउनु भयो । प्रदेश न २ को कामकाजी भाषा मैथिली र भोजपुरी दुबै हुनु पर्ने माग गर्दै दुबै भाषाको उत्थान र सष्टाको सम्मान राज्यले गर्नु पर्ने माग गर्नु भयो ।
कार्यक्रम मा प्रा. डा वासुदेवलाल दासले बिधापतिको जीवनी र कृतीबारे चर्चा गर्दै बिधापति रचित गीत गाउनु भएको थियो । पण्डित अमृत नाथ चिन्तन प्रतिष्ठान को अध्यक्ष भगवान मिश्र ले लोक जिवन एव मिथिलाको हरेक संस्कार मा बिघापतिको गीत आइने गरेको र बिधापति दशकौ नेपालमा प्रवास जीवन बिताउनु भएकोले त्यसको अनुसन्धान र ती स्थान संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो ।
स्मृति दिवसमा साहित्यकार र बुद्धिजीबीहरुको उपस्थिति रहेको थियो । वीरगन्ज भन्सार नजिक मेनरोड मा २०६१ सालमा बिधापतिको प्रतिमाको स्थापना भएको थियो ।