• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    १७ औं अनसनमा रहेका डा. केसीको के–के छन् माग ?

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७६, आईतवार ०७:५२
  • २१४७

    काठमाडौं । चिकित्सा शिक्षा ऐन संशोधनसहितका सात बुँदे माग अघि सारेर डा. गोविन्द केसी ६ दिनदेखि सुदूरपश्चिम प्रदेशको डडेलधुरामा अनसनरत छन् ।

    १५ औं अनसनका क्रममा ०७५ साउन १० मा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पटक पटक सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका थिए । इलाममा बसेको १६ औं अनसन बीचमै तोडेका उनका धेरैजसो माग त्यति बेलाकै छन् ।

    ‘प्रधानमन्त्रीको संलग्नतामा सरकार र केसीबीच सहमति गरिएको थियो,’ डा. केसीका सहयोगी डा. जीवन क्षत्रीले भने, ‘तर सहमति उल्लंघन गरेर ऐन जारी गरियो ।’ त्यति बेला एउटा विश्वविद्यालयले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन नदिने सहमति भएको थियो । उक्त बुँदालाई ऐनमै राख्ने भनिएको थियो । ऐन आउँदा काठमाडौं बाहिर ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने बाटो खुला गरिएको छ ।

    चिकित्सा शिक्षाको गुणस्तरलाई असर पुग्ने गरी ५ भन्दा शिक्षण संस्थालाई सम्बन्धन दिने बाटो खुला गरिएको क्षत्रीको भनाइ छ । ‘सम्बन्धन दिनुपरे पनि आयोगले निर्णय गरेर मात्र गर्ने भनिएको थियो,’ उनले भने, ‘तर ऐनले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने व्यवस्था ग¥यो ।’ झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सम्झौता तोडमोड गरिएको केसी पक्षको आरोप छ ।

    सीटीईभीटीको प्रमाणपत्र तहभन्दा तलका स्वास्थ्य शिक्षासम्बन्धी शिक्षण संस्थाको हकमा पनि दोहोरो अर्थ लाग्ने किसिमका प्रावधान राखिएकाले ऐन संशोधन गर्नुपर्ने केसीको माग छ । ‘सहमतिमा प्रमाणपत्र तहमुनिका कार्यक्रमलाई सम्बन्धन नदिने भनिएको थियो,’ क्षत्रीले भने, ‘तर ऐन आउँदा अपग्रेड गर्दै लैजाने व्यवस्था गरियो ।’ सहमति उल्लंघन गर्दै ऐनको प्रस्तावनामा समेत तोडमोड गरिएकामा केसीको चित्तदुखाइ छ ।

    ऐनमा चिकित्साशास्त्र विश्वविद्यालय स्थापना गर्ने प्रावधान समावेश गरिएकामा समेत केसीको आपत्ति छ । सम्झौतामा चिकित्सा शिक्षा क्षेत्रको बेथिति र समस्या समाधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग मात्र स्थापना गर्ने भनिएको थियो ।

    ‘डा. केसीले १५ औं अनसनका क्रममा भएका सम्झौता जस्ताको त्यस्तै कार्यान्वयन हुनुपर्ने माग राखेर अनसन थाल्नुभएको हो,’ अर्का सहयोगी अभिषेक सिंहले भने । जुम्लामा १५ औं अनसन बसेका केसी र सरकारबीच त्यति बेला २२ बुँदे सहमति भएको थियो । सोहीअनुसार ऐनमा संशोधन गरिनुपर्ने उनको भनाइ छ ।

    केसीले विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति प्रक्रियामा पनि असन्तुष्टि जनाउँदै आएका छन् । विश्वविद्यालयको ऐन संशोधन गरी पदाधिकारी नियुक्तिको मापदण्ड परिवर्तन गर्नुपर्ने उनको माग छ ।

    केसीले परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिको सुझावअनुसार पदाधिकारी नियुक्ति गर्नुपर्ने बताउँदै आएका छन् । तर सरकारले पदाधिकारी नियुक्ति प्रक्रिया नसुधारी पुरानै प्रक्रियाअनुसार नियुक्ति थालेकामा पनि उनी असन्तुष्ट छन् । अहिलेको प्रक्रियाले विश्वविद्यालयमा राजनीतिक भागबन्डा हाबी हुने उनको तर्क छ ।

    निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग समेत उनका छन् । ‘प्रत्येक विश्वविद्यालयले विद्यार्थीबाट अवैध रूपमा बढी रकम असुलिरहेका छन्,’ क्षत्रीले भने, ‘काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजमा संस्थागत रूपमै ठगी छ । विद्यार्थीको हातहातै पैसा फिर्ता गरेर सञ्चालकलाई कारबाही नभएसम्म डा. केसी यसपटक अनसनबाट उठ्दिनँ भन्नु भएको छ ।’

    चिकित्सा शिक्षा आयोगले सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति दिने ऐनको प्रावधान खुम्च्याएकामा समेत डा. केसीको असन्तुष्टि छ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिन र नेपाली सेनाको मेडिकल कलेजमा समेत ७५ प्रतिशत छात्रवृत्ति लागू गरिनुपर्ने उनको माग छ । ऐनमा सार्वजनिक शिक्षण संस्थामा चिकित्साशास्त्रको स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरिएको छ । कान्तिपुर दैनिकबाट

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई
  • सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार
  • युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन
  • गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई

      सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

      युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन

      गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने

      बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा अगाडि बढाउने सरकारको घोषणा

      यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

      प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरिने

      बीरगन्जबासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्छु : नवनिर्वाचित मेयर सिंह

      सरकारले नीति तथा कार्यक्रममार्फत नै गर्यो नागरिकता विधेयक अघि बढाउने घोषणा

      विपद् प्रभावितको उद्धार, आपत्कालीन बसोबास र उपचारका लागि तीनै तहमा स्वयंसेवक परिचालन गरिने

      सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई

      सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

      गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने

      बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा अगाडि बढाउने सरकारको घोषणा

      यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई

      News

      सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

      News

      युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन

      News

      गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने

      News

      बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा अगाडि बढाउने सरकारको घोषणा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑