• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७६, शनिबार १२:४१
  • २७४७

    वीरगञ्ज । प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ ।

    सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २२७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा सात स्थानमा १४५ हेक्टर, बारामा दुई स्थानमा ३६ हक्टर, सर्लाहीमा दुई स्थानमा १२ हेक्टर, सिरहामा दुई स्थानमा ४१ हेक्टर गरी जम्मा २१ स्थानमा ४६० हेक्टर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् ।

    नेपाल–भारत सीमामा रहेका कतिपय सीमास्तम्भ नदीले बगाएको, क्षतिग्रस्त भएकाले सीमाक्षेत्र कहाँसम्म हो भनी यकिन गर्न नसकिएकाले कतिपय ठाउँमा भारतीयले अतिक्रमण गरी खेतीपाती गर्ने, गाईगोठ बनाएर भोगचलन गर्दै आएका छन् । नदीले बगाएका तथा अन्य कारणले क्षतिग्रस्त भएका सीमास्तम्भ वर्षौं बितिसक्दा पनि ध्यान नदिँदा यस्ता आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका शेषमन पडितको ठम्याइ छ ।

    प्रदेश नं २ मध्ये सबभन्दा बढी पर्सामा पाँच स्थानमा २२७ हेक्टर नेपाली भू–भाग भारतीयद्वारा अतिक्रमण भएको देखिन्छ । खासगरी जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा रहेको सीमा क्षेत्रको यकिन नहुँदा त्यस क्षेत्रमा भारतीयले नेपाली भू–भाग अतिक्रमण गरी भोगचलन गर्दै आएको देखिन्छ ।

    “नेपाल–भारतबीच देखिएको सीमा समस्यालाई समाधान गर्न दुई देशका अधिकारीसँग बसेर सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न नापी विभागलाई पत्राचार गरेका छौं, “पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, “कतिपय ठाउँमा सीमास्तम्भ हराएको, भाँचिएकाले कहाँसम्म सीमाक्षेत्र रहेकाबारे यकिन हुन नसकेकाले यो समस्या देखापरेको हो ।”

    प्रदेशको पूर्वी जिल्ला सप्तरीका सात स्थानमा १४५ हेक्टर सीमाक्षेत्र अतिक्रमण भएको देखिन्छ । यसबारेमा त्यहाँका प्रमुख जिल्ला अधिकारी सुनिल प्रसाईंँले यो समस्या दुई देशबीचको समस्या रहेकाले यसबारेमा आफूले बोल्न उचित नहुने बताए । सीमासुरक्षाका लागि सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको उदासिनताका कारण कतिपय ठाउँमा अझसम्म सीमाक्षेत्रको समस्या समाधान हुन नसकेको स्थानीयवासीको आरोप छ ।

    स्थानीयवासी भन्छन्, “भारतीय सुरक्षाकर्मी आफ्नो भू–भागको रक्षा गर्न कटिबद्ध रहेको देखिन्छ भने हाम्रो सुरक्षाकर्मीमा कतव्र्य बोधको अभाव देखिन्छ ।” वर्तमान सरकार सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा कूटनीतिकमाध्यमबाट हुनुपर्नेमा स्थानीयवासीको जोड छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई
  • सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार
  • युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन
  • गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई

      सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

      युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन

      गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने

      बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा अगाडि बढाउने सरकारको घोषणा

      यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

      प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरिने

      बीरगन्जबासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्छु : नवनिर्वाचित मेयर सिंह

      सरकारले नीति तथा कार्यक्रममार्फत नै गर्यो नागरिकता विधेयक अघि बढाउने घोषणा

      विपद् प्रभावितको उद्धार, आपत्कालीन बसोबास र उपचारका लागि तीनै तहमा स्वयंसेवक परिचालन गरिने

      सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई

      सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

      गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने

      बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा अगाडि बढाउने सरकारको घोषणा

      यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      सरावगीले दिए नवनिर्वाचित सिंहलाई बधाई

      News

      सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

      News

      युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन

      News

      गौतम बुद्ध क्रिकेट मैदान बनाउन सरकारले सहजीकरण गर्ने

      News

      बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा अगाडि बढाउने सरकारको घोषणा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑