• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    काठमाडौं घोषणापत्र जारी गर्दै पोषण विस्तार अभियानको विश्व सम्मेलन सम्पन्न, कोही पनि पछाडि नछोडिने प्रतिवद्धता

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७६, शुक्रबार १०:३९
  • ५०३१

    काठमाडौं । राजधानीमा आयोजित पोषणसेवा विस्तार अभियान सम्बन्धी विश्व सम्मेलन, २०१९ सम्पन्न भएको छ । कात्तिक १८ गते सुरु भएको चारदिने सम्मेलन ‘काठमाडौं घोषणा–पत्र’ जारी गर्दै सकिएको हो ।

    सम्मेलन संयुक्त राष्ट्र संघको पहल र सदस्य राष्ट्रहरूको नेतृत्वमा सन् २०१० बाट सुरूवात भएको पोषण सेवा विस्तार अभियान स्केलिङ अप न्युट्रिसन (सन)को पाँचौं विश्व सम्मेलन हो । सम्मेलन एशियामा पहिलो पटक नेपाल सरकार र सन मुभमेन्टको सहकार्यमा आयोजना गरिएको हो ।

    यस विश्व सम्मेलनमा ७३ राष्ट्रबाट सहभागिता रहेको थियो भने स्रोत व्यक्ति, साझेदार, पर्यवेक्षक र स्वयंसेवक गरी विश्वका विभिन्न १०१ देशबाट गरी करिव १ हजार २ सय जनाको सहभागिता रहेको थियो । सम्मेलन अवधिभर ४ वटा पूर्णसत्र (प्लेनरी) र २५ वटा कार्यशाला सञ्चालन भएका थिए । नेपालको तर्फबाट यस सम्मेलनमा संघीय तथा प्रदेश सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सम्बन्धित मन्त्रालय तथा विभागका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरू, विकास साझेदार, प्राज्ञिक समुह, निजी क्षेत्र तथा पोषण अभियन्ता लगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    सन अभियानको काठमाडौं भेलामा सहभागी सदस्य राष्ट्रले चार विषयमा १८ प्रतिवद्धता व्यक्त गरेका छन् । जसमा पोषणको विषयलाई नीगित व्यवस्थामा अंगीकार गर्ने, पोषणको विषय हरेक व्यक्तिको सरोकारको विषय बनाउने, विश्वव्यापी चुनौतिलाई बहुक्षेत्रीय कारबाही गर्ने तथा समानता र सशक्तिकरणमा कसैलाई पछि नछाड्ने विषय रहेका छन् ।

    ‘मानवजाति र पृथ्वी दुवैका लागि पोषण’ नारा रहेको यस विश्व सम्मेलनको अन्तिम तथा चौथो दिनको समापन कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासामिचि साइगोलाई ‘काठमाडौं घोषणा–पत्र’हस्तान्तरण गरिएको थियो । सन् २०२० मा जापान सरकारको आयोजनामा टोकियोमा न्युट्रिसन फर ग्रोथ नाम सम्मेलन हुँदै छ ।

    समापन कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको संविधानले स्वास्थ्य सम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्नुका साथै संवैधानिक अधिकारलाई कार्यान्वयनमा उतार्न सरकारद्वारा आवश्यक नीतिगत, कानूनी तथा सेवा प्रदायक संरचनाहरु निर्माण गरिएको बताए । उनले भने, “शिशु तथा मातृ स्वास्थ्यलाई केन्द्रमा राखेर पोषणलाई सुदृढ गर्न वहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएका छौं । खाद्य सुरक्षा एवम् खाद्य सम्प्रभुता सम्बन्धी ऐन र प्रजनन स्वास्थ्य सम्बन्धी ऐनले पनि पोषणलाई पनि उच्च प्राथमिकतामा राखेका छौं ।” यस विश्व सम्मेलनले विभिन्न मुलुकहरूका बीचमा अनुभव आदानप्रदान तथा असल अभ्यासबाट सिक्ने अवसर प्रदान गरेको र पोषण संवेदनशील तथा पोषणलक्षित रणनीतिक दृष्टिकोण सहितको उच्च राजनैतिक प्रतिवद्धता व्यक्त गर्ने अवसर समेत प्रदान गरेको उनको भनाइ छ ।

    यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका प्राथमिकताका बारेमा यस विश्व सम्मेलनलाई बताउने अवसर प्रदान गरेको दाबी गरे । पोषण सम्बन्धी यस अभियानको महत्व दिगो विकासका लक्ष्यसँग जोड्दै यी दुवै अभियानका बीच अनोन्याश्रित सम्बन्ध रहेको हुँदा सँगसगै अघि बढाउनु पर्नेमा खतिवडाको जोड छ । उनले यस अभियानमा निजी क्षेत्रलाई पनि नाफामुखि सोचबाट माथि उठेर समाजप्रतिको जिम्मेवारी बोध गर्दै सेवामुखी हिसाबले पोषणसँग सम्बन्धित अभियानमा सहकार्यका लागि आह्वान समेत गरे । खतिवडाले भने, “यस अवसरमा सबै नागरिकहरू, विशेष गरी बालबालिका एवम् किशोरकिशोरीहरूको पोषण आवश्यकता सुनिश्चित गर्न राष्ट्रिय लगानी बढाउँदै लैजानु पर्नेछ ।” क्षेत्रीय विशेषता एवम् आवश्यकता सम्बोधन गर्न सहयोग एवम् सहकार्य गर्नुपर्ने र यसका लागि आवश्यक पर्ने प्रावधिक एवम् आर्थिक सहायताका लागि दातृ निकाय एवम् विकास साझेदारहरूलाई समेत सहयोग बढाउन खतिवडाको अनुरोध छ ।

    समापन सत्रको संयोजन गरेकी संयुक्त राष्ट्र संघका सहायक महासचिव एवम् सन अभियानकी संयोजक गेर्डा भल्बर्गले यस विश्व सम्मेलनमा गरिएका प्रतिवद्धताहरू एवम् सिकाईहरूलाई आ–आफ्नो  राष्ट्र एवम् कार्यस्थलमा कार्यान्वयनमा लैजान अनुरोध गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑