• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गढीमाई मेला सञ्चालनबारे ७ बुँदे सहमति

  • वीरगंज संजाल
  • २० कार्तिक २०७६, बुधबार ०८:४२
  • ५१६७

    बारा | गढीमाई मेला सञ्चालन सम्बन्धमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीचको विवाद सहमतिमा टुङ्गिएको छ ।

    प्रत्येक ५ वर्षमा लाग्ने पशुबलिको रूपमा विश्वमैं प्रख्यात बाराको बरियारपुरस्थित गढीमाई मेला यस वर्ष मङ्सिर १ गतेदेखि सञ्चालन हुन गइरहेको छ । यसपटकको मेला पनि पहिलेजस्तै विवादमा घेरिएको थियो । स्थानीय तह गठनपछि मेलाको सम्पूर्ण जिम्मेवारी महागढीमाई नगरपालिकाको हुनुपर्ने अडान थियो भने मन्दिर सञ्चालन तथा विकास समितिले मेलाको व्यवस्थापन आपूmले गर्नुपर्ने दाबी गर्दै आएको थियो ।

    प्रदेशका मुख्यमन्त्री र केही मन्त्रीहरूले समितिको पक्ष लिंदै स्थानीय प्रशासनलाई समितिलाई सहयोग गर्न निर्देशन पनि दिएका थिए । प्रदेशको निर्देशनविरुद्ध महागढीमाई नपाले पत्रकार सम्मेलन गरी विरोध गरेको थियो । केही महीनासम्म चलेको यो विरोध सोमवार सात बुँदे सहमतिमा टुङ्गिएको हो । दुवै पक्षबीच सहमति भएपछि सोमवार पत्रकार सम्मेलनमा महागढीमाई नपाका मेयर उपेन्द्रप्रसाद यादव र समितिका अध्यक्ष रामचन्द्र साहले मेला सञ्चालनमा अब कुनै विवाद नरहेको घोषणा गरे ।पत्रकार सम्मेलनमा महागढीमाई नगरपालिकाले वडा १ का वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा गठन गरेको पञ्चवर्षीय गढीमाई मेला मूल व्यवस्थापन समितिमा मन्दिर सञ्चालन तथा विकास समितिबाट उपाध्यक्षमा दुईजनाको नाम समावेश गर्ने, मेलाबाट

    उठेको रकम व्यवस्थापन गर्न नगरपालिका र समितिको तर्पmबाट दुई/दुई जनाको नाममा संयुक्त बैंक खाता खोली सो खातामा मेलाबाट हुने आम्दानीको रकम राख्ने, मेला सञ्चालनको लागि गठित विभिन्न उपसमितिमध्ये मनोरञ्जन उपसमिति र जग्गा व्यवस्थापन उपसमितिको गठन नगरपालिका र विकास समितिले सहमतिमा गर्नेलगायतका सात बुँदे सहमति भएको जानकारी गराइएको थियो ।

    राजनीतिक दबाबसँगै प्रहरी प्रशासनको पहलमा दुवै पक्षबीच सहमति भएको थाहा हुन आएको छ ।बाराका प्रजिअले मुख्यमन्त्रीको निर्देशनको कारण दुवै पक्षबीचको विवाद साम्य गर्न मध्यस्थताको भूमिका निर्वाह गरेका थिए । समितिका अध्यक्ष साहले पञ्चवर्षीय मेला यस वर्ष अन्य वर्षको तुलनामा सभ्यरूपमा सञ्चालन भई विश्वमा सन्देश दिने बताए । उनले गढीमाई मेलामा असर नपरोस् भनेर सहमतिमा अगाडि बढेको जानकारी गराए ।

    नगरप्रमुख यादवले स्थानीय तहलाई पाएको अधिकारबारेमा समितिका पदाधिकारीहरूलाई जानकारी गराएको र उनीहरूले बुझेपछि दुवै पक्षबीच सहमति भएर मेला सभ्य र भव्य तरीकाले सम्पन्न गर्न राजी भएको बताए । उनले राजनीतिक स्वार्थका कारण केहीले नगरपालिका र समितिका पदाधिकारीहरूबीच विवाद सिर्जना गर्न खोजेको आरोप लगाए ।पत्रकार सम्मेलनमा बाराका प्रजिअ, प्रउलगायत नगरपालिका र समितिका पदाधिकारी, सदस्यहरूको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑