• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    लोक सेवा आयोगमा ७५ प्रतिशत दरखास्त घट्यो

  • वीरगंज संजाल
  • २० कार्तिक २०७६, बुधबार ०६:११
  • १०९९

    Shares

    काठमाडौं । लोक सेवा आयोगमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत कम दरखास्त परेको छ ।

    आर्थिक वर्ष २०७४/७५ मा कुल ५ हजार ९ सय ७० पदका लागि विज्ञापन खुलेको थियो । तर, २०७५ साउनदेखि २०७६ असार मसान्तको अवधिमा जम्मा १ हजार १ सय ७४ पदमा विज्ञापन खुलेको छ ।

    अघिल्लो वर्षको तुलनामा गत वर्ष विज्ञापन नै कम खुलेकाले दरखास्त पनि कम परेको आयोगले जनाएको छ ।

    विज्ञापन होलिडे मनायौं : अध्यक्ष मैनाली

    लोक सेवा आयोगको ६० औं वार्षिक प्रतिवेदनमा २०७६ असार मसान्तसम्म आयोगबाट सम्पादित काम कारबाही समेटिएको छ । यो प्रतिवेदन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाइएको छ ।

    शीतलनिवासमा मंगलबार प्रतिवेदन बुझाउँदै लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले यस वर्ष विज्ञापन कम खुलेकाले आफूहरु फुर्सदिला भएको बताए । अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशत कम दरखास्त परेको जानकारी राष्ट्रपतिलाई गराउँदै मैनालीले भने, ‘यस वर्ष हामीले विज्ञापन होलिडे मनायौं ।’

    आयोगका वर्तमान पदाधिकारीहरुको नियुक्तिपछिको यो पाँचौ प्रतिवेदन हो । आयोगको पहिलो प्रतिवेदन २०१६ सालमा तत्कालीन राष्ट्रप्रमुख समक्ष प्रस्तुत गरिएको थियो ।

    चालु आर्थिक वर्षको तीन महिनामा दरखास्तको बाढी

    आर्थिक वर्ष २०७४/७५ मा ५ हजार ९ सय ७० पदका लागि विज्ञापन प्रकाशित भएको थियो । आर्थिक वर्ष २०७५/७६मा भने संघतर्फ कुल १ हजार १ सय ७४ पदका लागि विज्ञापन खुल्यो र यो विज्ञापनमा कुल १ लाख ४३ हजार ८ सय ४० दरखास्त पर्‍यो । दरखास्त संख्या यो अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशत कम हो ।

    कर्मचारी समायोजन प्रक्रियाका कारण सरकारबाट न्युन संख्यामा मात्र विज्ञापन खुलेकाले दरखास्त पनि कम परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदी बताउँछन् ।

    गत जेठ १५ गते स्थानीय तहका लागि प्रकाशित विज्ञापनमा भने दरखास्तको बाढी नै लाग्यो । स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा विज्ञापन खुलेकामा पाँच लाख २८ हजार ९ सय ६८ दरखास्त परेको आयोगको तथ्यांक छ ।

    दरखास्त र नियुक्तिमा प्रदेश २ अगाडि

    गत वर्षजस्तै यस वर्ष पनि खरिदार पदमा सबैभन्दा बढी ६४ हजार ७ सय ३३ दरखास्त परेका छन् । बढी दरखास्त परेका अन्य पदहरुमा क्रमशः नायब सुब्बा र शाखा अधिकृतलगायत छन् ।

    उम्मेदवारको स्थायी ठेगानाको आधारमा प्रदेश २ बाट सबैभन्दा २९ प्रतिशत दरखास्त परेको छ । नियुक्तिका लागि सिफारिस पनि सबैभन्दा बढी प्रदेश २ मा नै (२० प्रतिशत) भएको लोक सेवा आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    सुवेदीका अनुसार सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लाहरुमा क्रमशः सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहा छन् । सबैभन्दा कम दरखास्त परेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, रसुवा, पश्चिम नवलपरासी र डोल्पा छन् ।

    नियुक्तिका लागि सबैभन्दा धेरै सिफारिस हुने जिल्ला सर्लाही छ भने कम सिफारिस हुनेको सूचीमा तेह्रथुम छ । सर्लाहीपछि क्रमशः रौतहट, रुकुमपूर्व, गुल्मी, स्याङ्जा र सुर्खेतमा धेरै उम्मेदवारहरु नियुक्तिका लागि सिफारिस भएका छन् ।

    सबैभन्दा कम सिफारिस हुने जिल्लाहरुमा क्रमशः तेह्रथुम, सोलुखुम्बु, लमजुङ, सिन्धुपाल्चोक र मुगु छन् । मनाङ, मुस्ताङ, डोल्पा र रसुवा जिल्लाबाट भने कुनै पनि उम्मेदवार नियुक्तिका लागि सिफारिस नभएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदन अवधिमा कुल ४ हजार ५ सय ७४ उम्मेदवारहरु स्थायी नियुक्तिका लागि सिफारिसमा परेका छन्, जसमा महिला १ हजार ४ सय ४८ (३२ प्रतिशत) र पुरुष ३ हजार १ सय २६(६८ प्रतिशत) छन् ।

    दरखास्त दिने उम्मेदवारहरुको औसत उमेर २६ वर्ष र नियुक्तिका लागि सिफारिस हुनेहरुको औसत उमेर २९ वर्ष छ ।

    दलित कोटाको कानून उपसचिवमा एउटा पनि दरखास्त परेन

    गत वर्षजस्तै यस वर्ष पनि सबैभन्दा बढी संख्यामा २१ देखि २५ वर्ष उमेर समूहका उम्मेदवारले दरखास्त दिएका छन् । यो उमेर समूहबाट ३५ प्रतिशत दरखास्त परेको आयोगको रेकर्ड छ । दरखास्त दिने उम्मेदवारको औसत उमेर भने २६ वर्ष छ ।

    यस वर्ष लोक सेवा आयोगले प्रकाशन गरेको विज्ञापनमध्ये न्याय सेवा कानुन समूहको उपसचिव (दलित समावेसी समूह) पदका लागि एउटा पनि दरखास्त परेन ।

    यस वर्ष आयोगले संघअन्तर्गतका कूल एक हजार १ सय ७४ पदका लागि २ सय ५७ वटा विज्ञापन प्रकाशित गरेको थियो, जसअन्तर्गत समावेशी प्रतियोगितातर्फ कूल ३ सय २६ पदका लागि विज्ञापन भएको थियो ।

    समावेशी पदपूर्ति व्यवस्था लागू भएदेखि हालसम्म १२ वर्षको अवधिमा २१ हजार ५ सय ४६ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस भएका छन् ।

    एक वर्षमा ५७ करोड ३३ लाख बजेट खर्च

    आयोगबाट सञ्चालित परीक्षाहरुमा अनियमितता गर्ने ६५ जना उम्मेदवारहरुलाई बिभिन्न किसिमका कारबाही गरिएको छ, जसमा ८ जना महिला र ५७ जना पुरुष छन् ।

    प्रतिवेदन अवधिमा आयोगको कार्यसम्पादनका लागि ५७ करोड ३३ लाख बजेट खर्च भएको र २६ करोड राजश्व संकलन भएको आयोगको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    कुल ९७ वटा निकायमा लोक सेवा आयोगको प्रतिनिधित्व छ । लोक सेवाले ०७५/७६ को अवधिमा सुरक्षा निकाय र संगठित संस्थाका समेत गरी कुल २८ वटा निकायका ३ हजार ४६ विज्ञापनबाट २४ हजार ४ सय ७२ पद संख्याको पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने सहमति प्रदान गरेको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी रोगीहरुका लागि नरिवल गुणकारी, हेर्नुस् यसको जान्नैपर्ने तथ्य
  • यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व
  • हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी
  • कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी रोगीहरुका लागि नरिवल गुणकारी, हेर्नुस् यसको जान्नैपर्ने तथ्य

    यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व

    हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी

    कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय

    गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए

    प्रधानमन्त्रीकाे लागि जति प्रयास गरे पनि प्रचण्ड र माधवले प्रधानमन्त्री पाउन सक्दैनन् : मन्त्री प्रभु साह

    वीरगञ्जबाट ७ लाख हुण्डीको रकमसहित २ जना पक्राउ

    आज २३ औं स्वास्थ्य सेवा दिवस

    १३ वर्षीया बालिका बलात्कार अभियोगमा २२ वर्षीय युवालाई १८ वर्ष कैद

    नास्तिकभन्दा आस्तिक चार वर्ष बढी बाँच्छन् : अध्ययन

    यी रोगीहरुका लागि नरिवल गुणकारी, हेर्नुस् यसको जान्नैपर्ने तथ्य

    यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व

    हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी

    कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय

    गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    यी रोगीहरुका लागि नरिवल गुणकारी, हेर्नुस् यसको जान्नैपर्ने तथ्य

    समाचार
    News

    यी रोगीहरुका लागि नरिवल गुणकारी, हेर्नुस् यसको जान्नैपर्ने तथ्य

    News

    यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व

    News

    हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी

    News

    कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय

    News

    गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑