• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    बालिका जोखिममा

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७६, सोमबार ०९:०१
  • ८५५

    Shares

    काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशमा लंैगिक हिंसाविरुद्ध अभियान थाल्ने भएको छ । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा सोमबारदेखि अभियान सुरु हुने जानकारी दिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले आइतबार पत्रकार सम्मेलनमा लैंगिक हिंसा विरुद्धको अभियान सबै स्थानीय तहमा सञ्चालन हुने बताइन् । ‘स्थानीय तहसम्म जनचेतना जगाउन अभियानले महŒवपूर्ण भूमिका खेल्नेछ,’ मन्त्री थापाले भनिन्, ‘प्रदेशस्तरीय अभियान पुसबाट स्थानीय तहमा सञ्चालन हुनेछ ।’ प्रदेश १ विराटनगरबाट सुरु गर्न लागिएको अभियान कात्तिक १८ गतेदेखि मंसिर ९ सम्म सञ्चालन हुनेछ । अ

    भियानले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै लैंगिक हिंसामुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ । लैंगिक हिंसा रोकथाम, पीडितको उद्धार, विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा न्यायमा पहुँच गरी ४ रणनीतिमा रहेर मन्त्रालयले कार्ययोजना तयार पारेको सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन् । अभियानमा घरेलु हिंसा, अन्धविश्वास र कुरीतिबाट हुने हिंसा, वैदेशिक रोजगारसँग सम्बन्धित हिंसा, मनोरञ्जन क्षेत्र, कार्यस्थलका साथै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसालाई सम्बोधन गरिनेछ,’ सहसचिव शर्माले भनिन् ।

    राजनीतिक क्षेत्र, सार्वजनिक स्थल र एसिड आक्रमणबाट भएका हिंसा पनि यसमा समेटिने उनले बताइन् । भियानलाई प्रदेशबाट सुरु गरेर स्थानीय तहसम्म पु¥याउने सचिव चन्द्रकुमार घिमिरेले बताए । उनले भने, ‘यो अभियानलाई तल्लो निकायसम्म लैजानुपर्छ । यसले हाम्रो मानसिकतामा परिवर्तन ल्याउनेछ ।’ महिला हिंसा न्यूनीकरण गर्न सामाजिक जडका रूपमा रहेका गलत मानसिकता हटाउन अभियान प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । ०६३ मा पुनःस्थापित प्रतिनिधिसभामा पेस भएको सार्वजनिक महŒवको प्रस्तावमा महिलाको अधिकारलाई संवैधानिक रूपमा ग्यारेन्टी गर्न ४ बुँदा प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको थियो ।

    जसमा आमा वा बुबामध्ये एकको नामबाट सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी, एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी, विभेदकारी कानुन खारेजी र महिला हिंसा अन्त्य समावेश छ । ०७६ जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने र ०७६/७७ को वर्षलाई लैंगिक हिंसाविरुद्धको अभियान वर्षका रूपमा मनाउन संघ, प्रदेश र स्थानीय तहले अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार ‘लैंगिक हिंसामुक्त देश निर्माण’ भन्ने मूल नारासाथ यसै वर्षबाट लैंगिक हिंसाविरुद्धको अभियान वर्ष मनाउन लागिएको हो ।

    अपराध अनुसन्धान विभागअन्तर्गत महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्यांकअनुसार ०७४/७५ मा १२ हजार दुई सय २५ घरेलु हिंसाका उजुरी परेका छन् । महिलाविरुद्ध हिंसासम्बन्धी पञ्चवर्षीय प्रहरी तथ्यांक हेर्ने हो भने पनि घरेलु हिंसा बढ्दो क्रममा छ । जबर्जस्ती करणको संख्या पनि कहालीलाग्दो छ । तर, यसमा उजुरी गर्नेको संख्या भने कम छ । जबर्जस्ती करणीको संख्या १ हजार ४ सय ५३ भए पनि उजुरी गर्नेमा ७ सय ४७ मात्र छन् । तथ्यांकअनुसार सोही आर्थिक वर्ष मानव बेचबिखनमा तीन सय पाँच, बहुविवाह ६ सय तीन, बालविवाह ५७ र बोक्सी आरोपमा ४७ उजुरी परेका छन् ।

    विभागको तथ्यांकअनुसार जबर्जस्ती करणीमा महिला तथा बालिका बढी पीडित छन् । ११ वर्षदेखि १६ वर्ष उमेर समूहका पीडित ५ सय ९० छन् । सातै प्रदेश र उपत्यकाको पीडितको तथ्यांक हेर्ने हो भने बालिका ८ सय ५१ र महिला ६ सय १२ छन् । जसमा प्रदेश १ बाट सबैभन्दा धेरै २ सय २१ बालिका र १ सय ६३ महिला पीडित छन् । मुद्दा दर्ता गराउनेमा पनि प्रदेश १ नै अगाडि छ । तर, जबर्जस्ती करणीमा पीडित पक्षले सम्बन्धित निकायसम्म उजुरी नगरेको देखिन्छ । ११ देखि १६ वर्ष उमेर समूहमा दुई सय ३५ पीडितले मात्र जबर्जस्ती करणीमा उजुरी गरेका छन् । अभियुक्तमा १९ देखि २५ उमेर समूहका पुरुष सबैभन्दा बढी छन् । पाँच सय ८७ अभियुक्त यस समूहका छन् । उजुरी पर्नेमा २६ देखि ३५ उमेर समूहका दुई सय ५६ छन् ।

    सातै प्रदेश र उपत्यका गरी उभियुक्त बालक १ सय २३, महिला ३ र पुरुष १७ सय ८२ छन् । उभियुक्तको उमेर १० वर्ष मुनिदेखि ४६ वर्ष माथिसम्मको छ । धेरैजसो अपराध राति हुने गरेको छ । पीडित र अभियुक्त बीचको सम्बन्धमा अपरिचित ३८ प्रतिशत छन् भने परिचित १४ प्रतिशत छन् । जसमा छिमेकी ३३ प्रतिशत, परिवार ६, साथी ५, आफन्त ४ प्रतिशत छन् । मानव बेचबिखनको मुद्दा हेर्ने हो भने ब्युरो, उपत्यका र सातै प्रदेशको गरी एक सय १९ पुरुष र चार सय २७ महिला छन् । लैंगिक हिंसाविरुद्धको अभियान वर्ष ०७६ को वार्षिक कार्यान्वयन कार्ययोजनामा लैंगिक हिंसा हुनै नदिन सचेतना र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने भनिएको छ । साथै, प्रभावित एवं तिनका परिवारका सदस्यलाई सहयोग तथा पुनःस्थापना गर्ने, न्यायमा पहुँच बढाउने, लैंगिक विभेदमा आधारित हिंसा मानवअधिकारको मुद्दा भएको जानकारी गराउने योजना तयार पारिएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,
  • देश ‘शान्तिपूर्ण युगमा’
  • वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    समाचार
    News

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    News

    देश ‘शान्तिपूर्ण युगमा’

    News

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    News

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑