• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सामाजिक सुरक्षा कोष : व्यक्तिदेखि संस्थासम्मले ऋण लिन पाउने

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७६, शनिबार ०६:०३
  • २६६१

    काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत् कोषका योगदानकर्ता (श्रमिकहरु)देखि विभिन्न संस्थाहरुले पनि ऋण लिन पाउने भएका छन्। कोषमार्फत सामाजिक कर्जा, शैक्षिक कर्जा तथा घर कर्जालगायतका कर्जा व्यक्तिदेखि संस्थासम्मले लिन पाउने भएका हुन्।

    सामाजिक सुरक्षा कोषको लगानी कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ। कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिबाट पारित भइसकेको छ। यो कार्यविधि स्वीकृतिका लागि मन्त्रालयबाट स्वीकृत भएपछि कोषको लगानी कार्यविधि कार्यान्वयनमा ल्याइने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले नेपाल लाइभलाई बताए।

    ‘हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार अगाडि बढाउन चाहिरहेका छौँ। सोही अनुसार हामीले कोषमार्फत ऋण प्रवाह तथा लगानीका लागि लगानी कार्यविधि कोषको समितिबाट पारित गरेर पठाइसकेका छौँ,’ कार्यकारी निर्देशक ज्ञवालीले भने।

    व्यक्तिदेखि संस्थासम्मलाई ऋण 
    प्रचलित कानुन बमोजिम स्थापित बैंक वा वित्तीय संस्थाको जमानतमा शर्त र ब्याज तोकी कोषले व्यक्तिदेखि संस्था वा कम्पनीलाई ऋण दिने भएको छ।

    प्रचलित कानुन बमोजिम स्थापित भएका कम्पनी वा संस्थाहरुले नियमअनुसार कोषबाट ऋण लिन सक्छन्।

    समितिले उपयुक्त ठहर्‍याएको क्षेत्रमा प्रचलित कानुन बामोजिम स्थापित बैंक वा वित्तीय संस्थाहरुसँग मिली सह-वित्तीयकरणको आधारमा धितो विभाजन गरी आपसमा भएको सम्झौताअनुसार संयुक्त रुपमा ऋण लिन पाउने व्यवस्था छ।

    त्यस्तै सामाजिक सुरक्षा योजनामा सहभागी भएका श्रमिक, स्वरोजगारमा संलग्न रहेका व्यक्ति, सरकारी सेवामा बहाल रहेको व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई तोकिए बमोजिम ऋण व्यवस्था छ।

    कुन-कुन क्षेत्रमा गर्छ कोषले लगानी? 
    सरकारबाट स्वीकृत लगानीसम्बन्धी कार्यविधिको अधीनमा रही समितिले कोषको मौज्दात र सम्पत्तिको परिचालन गर्दछ। नेपाल सरकारको ऋणपत्रमा लगानी गर्ने, त्यस्तो ऋणपत्र खरिद/बिक्री गर्ने गर्दछ।

    नेपाल सरकारबाट ‘क’वर्गको इजाजतप्राप्त बैंक वा वित्तीय संस्थाको मुद्धति खाता वा दीर्घकालीन प्रकृतिका योजनामा लगानी गर्दछ। कोषले सेयरमा समेत लगानी गर्ने उल्लेख छ।

    समितिले उपयुक्त ठहर्‍याएको प्रचलित कानुन बमोजिम स्थापित कम्पनी वा संगठित संस्थाले जारी गरेको डिभेन्चरमा लगानी गर्दछ। त्यस्तै स्वीकृत म्युच्युअल फन्डमा लगानी गर्ने र उपयुक्त स्थानको पहिचान गरी व्यवसायिक प्रयोजनको भवन निमार्ण गरी बहालमा दिने कार्य कोषले गर्दछ। आवश्यकता अनुसार अन्य विभिन्न उपयुक्त क्षेत्र छनोट गरी कोषले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।

    ७ करोड ६५ लाखभन्दा बढी योगदान रकम संकलन
    कोषमा ७ करोड ६५ लाखभन्दा बढी योगदान रकम संकलन भएको कोषले जनाएको छ। यो रकम पछिल्लो समय बढ्दै गएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए।

    ‘कोषमा सूचीकृत हुन समय थप गरेपछि सूचीकृत हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या बढ्दै गएको छ, सोही अनुसार कोषमा योगदान रकम पनि बढ्दै गइरहेको छ,’कोषका निर्देशक ज्ञवालीले भने।

    गत असोज मसान्तसम्म निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरु सूचीकृत भइसक्नु पर्ने समय तोकिएको थियो। सो अवधिमा सोचेअनुकुल श्रमिक तथा रोजगादाताको उपस्थिति हुन नसकेपछि कोषले पुनः एक महिनाको समय थप गरेको छ।

    गत मंसिर १३ गतेसम्म सम्पूर्ण रोजगारदाता तथा श्रमिक कोषमा सूचीकृत भइसक्नुपर्ने कोषले जनाएको छ।

    कोषमा ८ हजारभन्दा बढी रोजगारदाता र १ लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन्। रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेपछि योगदानको रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ।  जसमा श्रमिकले पाउँदै आएको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टि गरी रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी मासिक रुपमा कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नु पर्दछ।

    योगदानकर्ताले कोषमा रकम जम्मा गर्न सुरु गरेपछि कोषका विभिन्न योजनाहरुमा योगदानकर्ताहरु समेटिने प्रावधान छ। कोषले प्रारम्भिक चरणमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बृद्धअबस्था सुरक्षा योजना गरी ४ वटा योजनाहरु अघि सारेको छ।

    कोषमा जम्मा भएको योगदानकर्ताहरुको रकमबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सूरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता योजनाका लागि १ दशमलब ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलब २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलब ३३ प्रतिशत गरी कुल ३१ प्रतिशत रकमलाई बाँडफाँट गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑