वीरगंज | प्रदेश नं २ सरकारले छठ पूजाको अवसरमा आइतवार सार्वजनिक बिदा घोषणा गरेको छ । केन्द्रीय सरकारको छठ पूजाको बिदा शनिवार परेकोले प्रदेश सरकारले थप एक दिन आइतवार बिहानी घाटमा बिदा घोषणा गरेको हो ।
केन्द्रीय सरकारले जारी गरेको बिदा तालिकामा नपरेका र थप बिदा यसअघि प्रदेश सचिव जगदीश रेग्मीले २०७५ चैत १९ गते सार्वजनिक गरेका थिए । प्रदेश सरकारको निर्णय अनुसार केन्द्र सरकारले नदिएको बिदामा सीता जयन्ती (जानकी नवमी), ऋषि तर्पणी (जनै पूर्णिमा, रक्ष्Fा बन्धन), श्रीकृष्ण जन्माष्टमी, विवाह पञ्चमी,
पैगम्बर महम्मदको जन्मदिन, मधेस आन्दोलन स्मृति दिवस, रामनवमीको बिदा घोषणा गरेको थियो भने केन्द्रीय सरकारको घोषित एक दिने बिदा छठ र होलीमा थप एक/एक दिन बिदा घोषणा गरिएको थियो । सोहीअनुरूप कात्तिक १७ गते आइतवार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।