आज:
  • होमपेज / देश

    चोरीका लाखौँका गरगहनासहित भारतीय नागरिक पक्राउ

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार १३:५२
  • ३०५५

    भद्रपुर, (झापा) | भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। उनलाई शुक्रबार बिहान पत्रकार सम्मलेनमार्फत जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो।

    एकैपटक तीन घरमा चोरी सिसी क्यामेरा फुटेजको सहयोगमा भारतीय नागरिक साहलाई ठूलो परिणामको सुनको गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार कमल गाउँपालिका ६ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ३५ वर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ वर्षीया मधु गुप्ताको घरबाट बुधबार दिउँसो कोही नभएको मौका छोपी साहले चोरी गरेका थिए।

    एकैपटक तीनवटा घरमा चोरी भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सिसी क्यामेराको फुटेज हेरेर साहको पहिचान गरी बिर्तामोड ५ स्थित एक सैलुनबाट निस्किँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। ‘भारतीय नागरिक साह डब्लुबी ७४ एम २७२४ नम्बरको जिपमा एक्लै चढेर नेपाल आएको हो’, डिएसपी श्रेष्ठले भने, ‘काँकडभिट्टा नाकाबाट नेपाल छिरेका साहले बिर्तामोडमा आएर चोरी गरी भारत फर्किने क्रममा पक्राउ पर्‍यो।

    ’उनको गाडी चेकजाँच गर्दा चोरी गरिएको लाखौँ मूल्य बराबरको सुन तथा चाँदीका गरगहना,  नेपाली ३८ हजार र भारतीय १३ हजार ७ सय रुपैयाँ बरामद भएको उनले बताए। झापा र मोरङ जिल्लामा पछिल्लो समयमा चोरीका घटना बढेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। ‘हामीले मोरङ प्रहरीसँग पनि सहकार्य गरिरहेका छौँ, प्रहरी उपरीक्षक मैनालीले भने, मोरङमा चोरी घटनामा यी भारतीय नागरिकको संलग्नता हुन सक्छ।,

    बरामद भएको गरगहना र नगदसहित साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ। यसअघि पनि मेचीनगर र भद्रपुर क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी चढेर दिउँसै चोरी तथा डाका घटना झापामा भइसकेको छ।  त्यसैगरी भद्रपुरबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार भद्रपुर ५ स्थित बाङ्गेबजार नजिकैबाट आइतबार लक्ष्मी पूजाको दिन राती सोही ठाउँ बस्ने मिन्टु सरकारको मे ५ प ५८३७ नम्बरको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल चोरी भएको बारेमा मोटरसाइकल धनी सरकारले वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी गरेका थिए।

    सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएका प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित भद्रपुर ५ बस्ने २३ वर्षीय शनि यादवलाई बिर्तामोडबाट मङ्गलवार पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। यादवले १० हजारमा उक्त मोटरसाइकल बिर्तामोडको सोनम गिरीको मोटरसाइकल ग्यारेजमा बिक्री गर्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। त्यसैगरी भद्रपुर ७ बस्ने सुमन गिरीको हिरो कम्पनीको साइकल चोरी गरेको आरोपमा भद्रपुर ५ बस्ने मोहम्मद ऐनारुल पक्राउ परेको छ। ऐनारुलले साइकल चोरी गरी भद्रपुर ५ बस्ने राधेश्याम कार्कीलाई बिक्री गरेको र बिक्री गरेको साइकल प्रहरीले भद्रपुर बजारबाट फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ। यता पक्राउ परेका मोटरसाइकल चोर यादवलाई इलाका प्रहरी कार्यालय अनारमनी र साइकल चोरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑