चालु वर्षको पहिलो तीनमा महिनामा नेपालको वैदेशिक ब्यापार घटेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको साउन, भदौ र असोजको विदेशी व्यापार घटेको हो।भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको यो अवधिमा आयात घट्दा व्यापार नै संकुचित भएको हो। १० प्रतिशतले आयात घटेको छ । यो बीचमा निर्यात भने १४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको यही अवधिमा आयात ४३ प्रतिशतले बढेको थियो। निर्यातको बृद्धिदर पनि यो वर्ष घटेको छ। अघिल्लो वर्ष १६ प्रतिशतले बिस्तार भएको निर्यात यो वर्ष १४ प्रतिशतमा सिमित भएको छ।समग्रमा वैदेशिक व्यापार ८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको तीन महिनामा वैदेशिक ब्यापार ४१ प्रतिशतले बढेको थियो।यो वर्षको सुरुदेखि नै वैदेशिक व्यापारमा संकुचन आइरहेको छ। दसैं तथा तिहार जस्ता नेपालिका ठूला चाडपर्वको मुखमा पनि आयात अस्वभाविक रुपमा घटेको छ।