• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कारागारभित्र महिला कैदीबन्दीहरू छठव्रतको तयारीमा

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार ०८:४२
  • ४००७

    वीरगंज | विमला गुप्ता | तराई–मधेसको ठूलो चाडको रूपमा मानिने छठपर्वको लागि वीरगंज कारागारमा रहेका ३५ जना बर्तालु महिला कैदीबन्दीहरू व्रतको तयारीमा जुटेका छन् ।विभिन्न मुद्दामा सजाय भोगिरहेका बर्तालु कैदी महिलाहरू अहिले छठको तयारीमा निकै नै व्यस्त भएका छन् । परिवारबाट कोही भेट्न नआए पनि पति, सन्तानलगायत घरपरिवारको सुखशान्तिको कामना गर्दै उनीहरू छठ परमेश्वरीको आराधना गर्दैछन् । यता बर्तालु कैदीबन्दीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै वीरगंज कारागारले पनि उनीहरूको पूजा व्यवस्थापनमा सहयोग पु¥याएको छ ।

    विभिन्न अपराधमा सजाय भोगिरहेका महिला कैदीहरूको मनमा छठी माताको प्रकोपको अलग डर समाएको छ । पूजाको विधिमा कुनै गल्ती गरे छठीमाईले तुरुन्तै दण्ड दिने जनविश्वासको कारण कैदीजीवन भोगिरहेका बर्तालु महिलाहरू ससाना गल्तीहरूबाट पनि जोगिन खोज्दैछन् । अरू समय बर्तालु कैदी महिलाहरू जुनसुकै अवस्थामा बसे पनि अहिले भने आआप्mनो शारीरिक सफाइदेखि लिएर कारागारको सरसफाइमा विशेष ध्यान पु¥याइरहेका छन् ।

     

    शुद्धता र पवित्रताको प्रतीकको रूपमा मनाइने छठ व्रतको मुख्य प्रसाद ठेकुवा, खीर र पुडी हो, जसलाई तयार गर्नका लागि महिला कैदीबन्दी बस्ने कारागारभित्रको आँगनमा लस्करै माटाका चुलाहरू सुकाइएका छन् । एकरूपले बनाइएका माटाका चुल्हो हेर्दा आकर्षक देखिन्छन् र चुलोमार्पmत् छठीमाईप्रति उनीहरूको आस्था, भाव र श्रद्धा झल्किन्छ । छठ व्रत एक पूजाको रूपमा नभई कठिन तपस्याको रूपमा मनाइन्छ । जस कारण फरकफरक समुदायबाट आएका ती महिला कैदीबन्दीहरूले आआप्mनो लागि छुट्टाछुट्टै चुलो बनाएका छन् । चुलोको लागि चाहिने पहेंलो माटो भने कारागार प्रशासनले नै उपलब्ध गराइदिएको छ ।

     

    कैदीजीवन बिताइरहेकी पर्सा नितनपुरकी ४५ वर्षीया प्रभावती देवी विगत २० वर्षदेखि छठको व्रत बस्छिन् । लागूऔषधको मुद्दामा पक्राउ परेकी उनी विगत १४ वर्षदेखि वीरगंज कारागारभित्रै छठको व्रत गर्दै आएकी छन् । दुई सन्तानकी आमा प्रभावती भन्छिन्–“जीवनमा आपूmले जुनसुकै परिस्थितिमा गल्ती गरे पनि आप्mनो सन्तान सही काम गरोस् भनेर छठीमाईसँग बिन्ती गर्छु । आपूmलाई व्रतको खर्च र लत्ताकपडा दिन घरपरिवारबाट कोही नआए पनि उनीहरूको सुखशान्तिको लागि व्रत गरिरहन्छु ।”

     

    घरपरिवारकै सुखशान्तिको लागि व्रत गरेपनि परिवारजन भेटघाट तथा खर्च दिन नआउँदा आपूmहरू सीपमूलक तालीमबाट आएको रुपैयाँलाई व्रतको समयमा खर्च गर्ने बताउँछिन् कैदी गीता कुशवाहा । कैदी कुशवाहाका अनुसार कारागारले पनि चाहेको सामानको व्यवस्था मिलाइदिंदा आपूmहरूलाई सहज भएको हो । यता विगत दुई वर्षदेखि कैदी जीवन बिताइरहेको बाराकी निजगढ निवासी गौरी थापा कारागारमा आएर छठ व्रतको सुरुआत गरेको बताउँछिन् । छठ व्रतको बारेमा खासै जानकारी नभए पनि अन्य बर्तालुहरूको आस्था देखेर आपूmले पनि सुरुआत गरेको उनले बताइन् । थापा भन्छिन्– “म निर्दाेष छु र अब आपूm कारागारभित्र रहेकोले सही न्याय पाउनको लागि यस व्रतको सुरुआत गरेकी हुँ ।” पतिले पठाइदिएको रुपैयाँले कारागारका चौकीदारमार्पmत् उनले पूजाका सामग्री मगाउने गर्छिन् । अन्य सामग्री खरीदमा पनि चौकीदारले सहयोग गरिदिने गरेको बर्तालु महिलाहरूको भनाइ छ ।

    कारागारभन्दा बाहिर विभिन्न आपराधिक गतिविधि गरेर कैदीजीवन बिताइरहेका अपराधीहरू छठ पर्वको अवसरमा एकापसमा मिलेर सहयोग गर्छन् ।पुरुष कारागार परिसरभित्र नै सानो पोखरी भएकोले भगवान् सूर्यलाई अघ्र्य दिनका लागि छठको अवसरमा महिला कैदीहरूलाई सो क्षेत्रभित्र पूजा अवधिभरि जाने व्यवस्था मिलाइन्छ ।पोखरीको सफाइ तथा सजावटमा प्रत्येक वर्षभैंm यस वर्ष पनि आन्तरिक प्रशासन अन्तर्गत रहेका चौकीदार, नाइके तथा पुरुष कैदीबन्दीहरूले सहयोग गरिदिएका छन्

     

    निकै नै खर्चिलो मानिने छठ व्रतको तयारीका लागि कारागारको पहलमा वीरगंजका विभिन्न दातृ निकाय तथा सङ्घसंस्थाहरूले सहयोग गर्ने गरेको कारागार प्रमुख श्रवणकुमार पोखरेलले बताए । चाडपर्व मनाउनका लागि नेपाल सरकारबाट आएको ३ सय रुपैयाँ प्रत्येक कैदीबन्दीहरूले पाएको उनले बताए । सङ्घसंस्थाहरूले पनि नयाँ कपडा, गहुँ, बाँसको डाला, नाङ्गलो, सुपलीलगायत अन्य सामग्री सहयोगबापत प्रत्येक वर्ष ल्याइदिने गरेको कारागार प्रमुख पोखरेलको भनाइ छ । यस वर्ष कपडाको व्यवस्था ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंजले गरेको छ भने अन्य सामग्री सहयोगबापत पाउने आशमा कारागारभित्रका बर्तालुहरू पर्खाइमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑