• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्मार्ट लाइसेन्सको असफलता

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार ०७:३९
  • ९२२३

    यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मास प्रिन्टर ल्याएको साढे २ महीना बितिसक्दा पनि लाइसेन्स छपाइको काम शुरू भएको छैन ।

    लाइसेन्सको माग अत्यधिक भएपछि ठूलो संख्यामा कार्ड छाप्ने मेशिन मास प्रिन्टर किन्ने निर्णय विभागले गरेको थियो । प्रतिघण्टा ५ सयका दरले कार्ड छपाइ हुने भएकाले केही समयमा नै स्मार्ट कार्डको समस्या समाधान हुने उसको दाबी थियो । तर, प्रिन्टरसमेत सञ्चालन गर्न नसकेर विभागले आफ्नो अक्षमता पुष्टि गरेको छ । त्यसो त विभागले अनेक बहाना बनाउँदै सवारी चालक अनुमतिपत्रमा सेवाग्राहीलाई दुःख दिएको छ । त्यस्तै बिचौलिया खडा गरेर सेवाग्राहीबाट अवैध रकम असुलेको आरोपसमेत विभागमाथि लाग्दै आएको छ ।

    एउटा कार्ड पनि छापेर दिन नसक्दा नेपालको कर्मचारी संयन्त्रको अकर्मण्यता र गैरजिम्मेवारी स्पष्ट देखिएको छ ।

    सवारी चालक अनुमतिपत्रलाई अत्याधुनिक बनाउने भन्दै सरकारले २०७२ मङ्सिरदेखि स्मार्ट लाइसेन्स वितरण शुरू गरेको थियो । शुुरूमा काठमाडौंबाट मात्र वितरण गरिएको यो कार्ड पर्याप्त तयारीविनै २०७४ देखि देशभरका विभागका कार्यालयबाट उपलब्ध गराउन थालेपछि समस्या बढेको हो । कार्ड छाप्ने मेशिनसमेत व्यवस्था गर्न नसक्ने र सञ्चालन गर्न नसक्ने विभागको कामका कारण देशकै बेइज्जत हुने अवस्था आएको छ । एउटा कार्ड पनि छापेर दिन नसक्दा नेपालको कर्मचारी संयन्त्रको अकर्मण्यता र गैरजिम्मेवारी स्पष्ट देखिएको छ ।

    सवारी चालक अनुमतिपत्रको माग कति छ र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने काम यातायात व्यवस्था विभागको हो । यसका लागि लिखित तथा प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्नु र उत्तीर्ण व्यक्तिलाई अनुमतिपत्र दिनु पनि उसको जिम्मेवारी हो । तर, प्रमुख फेरिएको बहानामा वा अन्य कारणले विभागले कुनै पनि काम तोकिएको समयमा गर्न सकेको छैन, सेवाग्राहीलाई झन्झटमा पार्न छाडिएको छैन । स्मार्ट कार्डकै कुरा गर्ने हो भने कहिले ठेक्का नलागेको, कहिले ठेकेदारले सम्झौता अनुसार काम नगरेको, कहिले प्रिन्टर बिग्रिएको त कहिले नेट नभएको भन्दै सेवाग्राहीलाई झुलाउने गरेको छ ।

    विभागको कार्यशैली हेर्दा समस्याको दिगो समाधानभन्दा पनि टालटुल गर्दै यसलाई लम्ब्याउने र सेवाग्राहीका अगाडि अनुमतिपत्र प्राप्त गर्नु भनेको निकै गाह्रो काम हो भन्ने प्रमाणित गर्नु हो जस्तो लाग्छ । अन्यथा एउटा व्यक्तिले गर्न सक्ने छपाइको काम सरकारको यत्रो ठूलो संयन्त्रले गर्न नसक्ने भन्ने पनि हुन्छ ?

    कार्ड छपाइ ढिला हुनुमा विभागले जेजस्ता तर्कहरू दिएको छ ती पत्याउन लायक नै देखिँदैनन् । ठेक्का अनुसार प्रिन्टर आपूर्ति भएन, प्रिन्टर चलाउन जान्ने दक्ष कामदार भएनन् जस्ता तर्क पत्याउन लायक देखिँदैनन् । आपूर्तिकर्ता कम्पनीले नै यस्तो मेशिन सञ्चालनको तालीम दिने र केही समय सेवा दिने प्रचलन नै छ । तर, मेशिन आइसकेको अढाइ महीनासम्म पनि छपाइ नै गर्न नसक्नु त राष्ट्रिय लज्जाको विषय नै हो । ठेक्का अनुसार काम नभएको भए आपूर्ति गर्ने कम्पनीलाई कारबाही गर्ने अधिकार विभागसँग हुन्छ । तर, अरूलाई दोष देखाएर आफू ‘पानीमाथिको ओभानो’ बन्न चाहिँ पाइँदैन ।

    अहिले ७ लाखभन्दा बढीले चीटको भरमा सवारीसाधन चलाइरहेका छन् । विदेशी नियोगका कर्मचारीहरूलाई पनि यस्तै चीटको भरमा सवारीसाधन चलाउन दिँदा नेपालको कार्यक्षमताबारे पक्कै पनि सकारात्मक सन्देश जाँदैन । लाइसेन्स लिएर वैदेशिक रोजगारमा जान ठीक परेका मानिसको पीडा चर्कै छ । चीट हराउने सम्भावना पनि उत्तिकै छ ।

    त्यसो त स्मार्ट कार्ड भनिए पनि यस्तो कार्ड पढ्न सक्ने मेशिन जम्मा दुईओटा मात्रै छ, त्यो पनि काठमाडौंमा मात्र । कार्डको वास्तविकता जाँच्नुपरे कार्ड काठमाडौं नै ल्याउनुपर्ने बाध्यता छ । यस्तोमा स्मार्ट कार्ड भनेर सेवाग्राहीलाई दुःख दिनु गलत हो ।

    राष्ट्रिय परिचयपत्रसँग यसलाई पनि आबद्ध गर्ने सरकारी तयारी छ । तर, लाइसेन्समा देखिएको बेथिति राष्ट्रिय परिचयपत्रमा पनि नहोला भन्न सकिँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑