जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले छठ पर्व र नेपाल भ्रमण वर्ष, २०२० प्रवर्छन कार्यक्रम अन्तर्गत जनकपुरका विभिन्न मठ मन्दिर, ताल तलैया तथा घाटहरुको सरसफाई तथा सचेतना अभियान चलाएका छन् ।
छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठ, मन्दिर र तालतलैयामा सरसफाइको अभियान सुरु भएको छ ।
छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा बिहिबार केन्द्र र प्रदेश सरकारको आयोजनामा जनकपुरमा सर्वपक्षीय सहभागितामा चियापान कार्यक्रम राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।