विश्व सम्पदा सूचिमा रहेको जापानको शुरी दरबार आगलागी, मुख्य भवन ध्वस्त
वीरगंज संजाल
१४ कार्तिक २०७६, बिहीबार ०८:५३
२५१९
जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचिमा सूचिकृत दरबारमा आगलागी भएको छ । ओकिनावा स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वको शुरी कासल (महल) मा आगलागी भएको हो । आगलागीबाट मुख्य भवन ध्वस्त भएको छ ।
बिहीबार बिहानै भएको आगलागी नियन्त्रणमा लिने प्रयासमा अग्नि नियन्त्रक छ । अहिलेसम्म कोही पनि घाइते भएको जानकारी छैन ।
पाँच सय वर्षअघि निर्माण भएको काठको सो कासललाई सन् १९३३ मा जापानको राष्ट्रिय सम्पदाका रुपमा घोषित गरिएको थियो । दोस्रो विश्वयुद्धका बेला यो कासल लगभग ध्वस्त भएको थियो । अहिले रहेको कासल त्यसपछि पुनर्निर्माण गरिएको हो ।