• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विश्व

    फेसबुकले नयाँ ‘न्युज सेक्सन’ परीक्षण गर्दै , स्थानीय न्युजरुम किनारा लगाइने चिन्तामा

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७६, बुधबार ११:३२
  • १७५७

    Shares

    एजेन्सी । फेसबुकले समाचार उद्योगलाई ‘हामी तपाईँको मद्दतका लागि हौँ’ भन्ने नयाँ सन्देश पठाएको छ । शुक्रबार मात्र कम्पनीले सार्वजानिक रुपमा ‘फेसबुक न्युज’ भन्ने नयाँ अंश लन्च गरिएको घोषणा गरेको हो जसले विभिन्न किसिमका समाचारहरु प्रचार गर्ने बताइएको छ । सो अंश अहिले परीक्षणको क्रममा रहेको र केही महिनामै सम्पूर्ण प्रयोगकर्ताको फिडमा उपलब्ध हुने बताइएको छ । फेसबुकको न्युज पार्टनरशीपकी प्रमुख क्याम्बेल ब्राउनले सीएनएनसँगको अन्र्तवार्तामा भनेकी छन्, “यो समाचार उद्योगसँग हाम्रो सम्बन्धको स्मरणीय क्षण हुनेछ । मलाई थाहा छ धेरै मानिसहरु न्युज बिजनेसमा हाम्रो प्रतिबद्धतामाथि शंका व्यक्त गरिरहेका छन् । त्यसैले हाम्रो यो निर्णयले हामी रिपोर्टिङका विषयमा वास्तवमै च्याम्पियन बन्न चाहान्छौँ भन्ने संकेत दिन्छ ।”

    यसरी फेसबुक कम्पनीले ‘आजका स्टोरी’ नामक सेक्सन सञ्चालनकै लागि केही संचारकर्मीहरु समेत नियुक्त गरिसकेको बताएको छ जसले मुख्य हेडलाइनहरु छनौट गर्नेछन् । तिनै शिर्षकहरु न्युज सेक्सनमा देखा पर्ने बताइएको छ । यसपछि मानिसहरुले कुन समाचार बढी पर्छन् त्यसैका आधारमा सबैको फिडमा ‘रिकमेन्डेसन’ अर्थात उस्तै प्रकारका स्टोरीहरु बढी आइरहने कम्पनीको भनाइ छ । यसमा सबै समाचारहरु बाहिरी श्रोतबाट आउने र फेसबुकले आफ्नो छुट्टै कभरेज भने उत्पादन नगर्ने बताइएको छ । कतिपय प्रकाशकहरुले आफ्नो सामग्री फेसबुकमा पोस्ट गर्न रकम समेत भुक्तान गर्ने बताइएको छ तरपनि धेरै संचार संस्थाले फेसबुकसँग कारोबार गर्न नपर्ने बताइएको छ जुन प्रक्रिया जटिल हुन सक्ने बताइएको छ ।

    तर अर्कोतर्फ पहिले नै संघर्षरत् स्थानीय न्युजरुमहरुले भने आफूलाई किनारा लगाइनेप्रति ठूलो आपत्ति जनाइरहेका छन् । यसबारेमा द सन जर्नल दैनिकका ल्यारी गिल्बर्टले भनेका छन्, “यो धेरै राम्रो कुरा हो कि फेसबुक अन्य राष्ट्रिय समाचार संस्था मध्ये न्युयोर्क टाइम्स र वासिङटन पोस्टलाई भुक्तान गर्न तयार भयो तर त्यसो गर्दैगर्दा साना बजारका पत्रिका दैनिकहरुले भने आफ्नो संस्था बन्द गर्नु परिरहेको छ । ” द सन जर्नलकै अर्को दैनिक, ‘जर्नल ट्रिब्युन’ अघिल्लो महिनामा मात्र बन्द गरिएको थियो । यस्तोमा ठुल्ठुला राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरका समाचार संस्थाहरुले प्रकाशित नगर्ने खबरहरु नछापिने डर रहेको उनले बताए जुन केबल स्थानीय पत्रिकामा मात्र प्रकाशित हुन्थे । उनले थप भनेका छन्, “ अब साना बजारबारे र ग्रामीण क्षेत्रहरुका घटना कसले कभर गर्ने ? फेसबुकले हामी अति सानो भयौँ भनेर निर्धारित गरेकै आधारमा विगत १० – १५ वर्षदेखि चलाइरहेको संस्था हामीले अहिले बन्द गर्नुपर्ने ? ”

    उनको सो भनाइको जवाफमा फेसबुकले शुक्रबारको ब्लगपोस्टमा पहिलो परीक्षणको चरणमा स्थानीय प्रकाशकहरु समावेश गरिने बताएको हो जसमा अहिलेका लागि न्युयोर्क, लस एन्जलस, सिकागो, डल्लास–फोर्ट वर्थ, फिलाडेल्फिया, हस्टन, वासिङटन डीसी, मायामी, अट्लान्टा र बस्टन लगायतका शहरहरु पर्ने बताइएको छ । सीएनएनबाट

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ
  • योगी आदित्यनाथलाई कोरोना संक्रमण
  • मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    कोभिसिल्ड खोपको दोस्रो डोज : यस्ताे छ खोप लगाउन पाउने मिति र स्थान

    नव वर्ष २०७८ को मंगलमय शुभकामना !

    आज बुधवार – ०१ बैशाख २०७८ को राशिफल

    पर्सा प्रहरीद्वारा आठ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

    पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    News

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    News

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    News

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    News

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑