छठ पर्वमा प्रयोग हुने बाँसको समाग्रीहरु बनाउन मलिक अर्थात् डोम परिवार लाई भ्याइनभ्याई
वीरगंज संजाल
१२ कार्तिक २०७६, मंगलवार २२:४१
८४६३
धर्वेन्द्र कुमार यादव । हिन्दुहरुको महान चाड छठपर्व नजिकदैँ गर्दा बाँसको चोयाबाट बनाएका समाग्रीहरु गाउँ गाउँसम्म पुरर्याउन महोत्तरीको औरही नगरपालिका वडा नम्वर १ का ४५ बर्षिय बिन्दी मल्लि डोमलाई भ्याई नभ्याई भएको छ ।
छठपर्वमा प्रयोग हुने टपरी, डालो, नाङ्लो लगायतको सामग्री बनाउन रात दिन मेहिनत गर्दै आएका छन् । दिनानुदिन छठ पर्व मनाउनेहरुको सख्या बृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती सामग्रीहरु सबैलाई पुर्याउन सकस भएको बिन्दी मलिक बताउछन् ‘व्यपार राम्रो भईरहेको छ । यसपालि राम्रो आम्दानी हुने आशामा आफ्नो जिवन जे जसोभयो तर छोराछोरीलाई पढाउनका लागि आर्थिक बचत गर्दै आएका छौ ।
बंगुर पालन र बासको सामग्री बनाएर बजारी करण गर्नुनै मेरो पेशा हो । मलिक पुष्तौ पुष्ता देखि यहीँ पेशाबाट सबै पारिवारलाई गुजरा गर्दै आएको छु ।’ गुठीको जग्गामा घर बाहेक अरु केही नरहेको बताए । ईन्दल मलिककी ३० बर्षिय पत्नी सारदा देवी पनि बाँसकै सामग्री बनाउछिन् । उनले आफ्ना राछोरीलाई गाउँकै जनता प्राथमिक विद्यालमा अध्यापनन गराई रहेको छ ।
एउटा बाँसको अहिले बजारमा दुई सय पच्चीस देखि तीन सयसम्म पर्छ । तर मलिकले तैयार पारेका बासको सामग्री वाफत १ हजार देखि १५ सय सम्म कमाउ सफल भएको छ । बनाएका बाँसका समाग्रीहरु बेच्न डोम समुदायले विभिन्न बजार र छुटाछुट्टै गाँउ छुट्टइएको छ, भने बाँस समाग्रीहरु बेचेर आफुहरुले चाड पर्वको बेला गाँउका साउ महाजनबाट पनि आम्दानी हुनेगरेको जनाए ।