धनुषा | धर्वेन्द्र कुमार यादव | धनुषाको बटेश्वर गाउँपालिकामा युवतीलाई “महिनावारी सरसफाइ अभियान” अन्तर्गत जागरुकता तथा पुनः प्रयोग प्याड निमार्ण सम्बन्धि दुई दिने तालिमको आयोजना गरि सफल रुपमा समपन्न भयाे।सक्षम सशत्तिकरण नेपालको आयोजना तथा प्याड बैंकको सहयोगमा तालिमको आयोजना गरिएको थियाे । शिव शक्ति उच्च माध्यमिक विद्यालय, बटेश्वर गाउँपालिका वडा-४ स्थित आयोजना गरिएको तालिममा सम्पुर्ण गाउँपालिकामा रहेका स्थानीय युवतीहरुलाई सहभागीता गराइएको थियाे ।
“स्वस्थ महिला, स्वस्थ परिवार र स्वस्थ समाज” नाराको साथ कार्यक्रममा १ सय जना भन्दाबढी युवतिहरुलाई प्याड बनाउने प्रशिक्षण दिइएको थियाे । भविष्यमा आफ्ना गाउँपालिका भरिका विभिन्न ठाँउहरुमा प्रशिक्षकको रुपमा काम गर्न सहभागीहरुलाई प्रशिक्षण दिइएको प्याड लिडर समृति झाले जानकारी गराइन् ।उनले अन्य किसिमका प्याड प्रयोग गरिए पश्चात नष्ट हुने तथा बिमारी फैलने सम्भावना रहेकोले तालिममा निर्माण गर्न सिकाइएको घरेलु प्याड प्रयोग गर्दा विभिन्न किसिमका विरामी हुनबाट जोगिन सकिने र पुनः प्रयोग गर्न मिल्न सक्ने खालका रहेको बताइन् ।
तालिममा प्रोमिशा मिश्रा, रश्मी कर्ण, समृति झा, नेहा वर्मा, अाकृति झा लगायतका प्याड लिडरहरुले सहभागीहरुलाई प्रशिक्षण दिइएको छ र साेनालि साह,अंकित साह, अादित्य कुमार महताे र दिपे सिंह हरुले स्वयंसेवककाे रुपमा साथ दिएकाे थियाे । कार्यक्रम संयोजक सराेज कुमार महताेले प्रशिक्षकहरुलाई प्रशंसा पत्र तथा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेको जनाएको छ ।
पहिलो दिनकाे तालिम र दाेस्राे दिन तालिम दिई प्रमुख अतिथि बटेश्वर गाउँपालिकाका अध्यक्ष श्री डम्बरबहादुर राउत, विशिष्ट अतिथि बटेश्वर गाउँपालिकाका उपाध्यक्ष प्रमिला देवि महताे साथै अतिथि राजपाका युवा नेता बटेश्वर वडा-५ का अजय कुमार राउत ज्युकाे उपस्थितमा अन्तिम दिनकाे तालिम समपन्न भयाे ।
युवतिहरुलाई महिनावारी सरसफाइ सम्बन्धि तालिम प्रदान गर्नु भएकाेमा प्याड लिडर र अायाेजकलाई धन्यवाद, पालिका अध्यक्षले दिनु भयाे साथै सिकेका कुरा व्यवहारमा लागू गर्न सहभागीहरुलाइ अाग्रह गर्नु भयाे । अन्तिममा सहभागीहरुले पनि अाफ्नाे राई राखेकाे थियाे हामीले काेर्षमा नसिकेकाे कुरा सिक्न पाए खुशी व्यक्त गरियाे ।