एजेन्सी । फिलिपिन्सका दक्षिण क्षेत्रमा आज बिहान शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी जिओलोजिकल सर्भेले मिन्दानाओ द्वीपलाई केन्द्रबिन्दु बनाएर भूकम्प ६ दशमलव ८ म्याग्निच्युटको भएको जनाएको छ । तर फिलिपिन्सका भूगर्भशास्त्रीहरुले यो तीव्रता ६ दशमलव ४ म्याग्निच्युटको मात्रै भएको जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु किसान्ते नगर नजिकै भएको डाभाओ शहरबाट करिब एक सय किलोमिटर टाढा रहेको बताइएको छ । प्रशान्त महासागर क्षेत्रको भौगर्भिक रुपमा सक्रिय रिङ अफ फायर क्षेत्रमा रहेको फिलिन्पिसमा भूकम्प निरन्तर जाने गरेको छ ।
पछिल्लो केही वर्षमा मिन्दाआनोमा शक्तिशाली भूकम्पहरु गरहने गरेका छन् । मंगलबारको भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।